बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक ०८१ चैत ८ गते डिसिएको आर्थिक र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्राविधिक सहयोगमा सम्पन्न भएको छ ।

सोनुसिंह विकको अध्यक्षतामा मानव अधिकार समूह बैजनाथ गाउँपालिका-६ को बैठक सोनुसिंह विकको अध्यक्षतमा छलफल गरी निर्णय सहित बैठक सम्पन्न गरेको छ । बैठकमा विगतमा भएको कार्यको समीक्षा गर्दै लामो प्रयासपछि स्थानीय तहको नियमानुसार ०८१ चैत ७ गते बैजनाथ गाउँपालिका स्तरीय मानवअधिकार समूह संस्थाको विधान तयार गरी सोनुसिंह विकको अध्यक्षतामा मानव अधिकार समूह बैजनाथ गाउँपालिका-६, विधिवत दर्ता भएका बताउनु भयो ।
मानव अधिकार समूहका उपाध्यक्ष तुलसी ज्ञवालीले बालविवाह, घरेलु हिंसा, जलवायु परिवर्तन तथा सरसफाइ सम्बन्धी सचेतना मूलक कार्यक्रम सञ्चालन गर्न गराउन गाउँपालिकाको कार्यालय, वडा कार्यालय र इन्सेकसंग समन्वय गरी संचालन गर्न माग गर्दे बैठकमा निर्णय गरेको बताउनु भयो ।
संस्थाका सदस्य बेदप्रसाद आचार्यले बैजानाथ गाउँपालिकामा सरसफाइ कार्यक्रम सञ्चालन प्लाष्टि थैला प्रयोगलाई निषेध गर्न, आर्थिक अभावमा शौचालय निर्माण गर्न नसकेकोले प्रयोगमा कमी भएकोले घरधुरी सर्वेक्षण र शौचालयमा पहुँच पुर्याई प्रयोगमा ल्याउन सकिने वातावरण श्रृजना गर्न गाउँपालिकासँग समन्वय गरी कार्यक्रम गर्न र शौचालय निर्माण कार्यमा सहयोगका लागि ज्ञापन पत्र बुझाउन बैठकमा निर्णय गरेको बताउनु भयो ।
मानव अधिकार समूहकी सदस्य विष्णा सुनारले बैजनाथ गाउँपालिका-५, जीगाउँ पश्चिमटोलमा पानी आउन छोडेकाले खानेपानीको समस्या भएकोले तत्काल समस्या समाधानका लागि समरसेबल जडान गरी पानीमा पहुँच पुर्याउनका लागि गाउँपालिकासँग समन्वय अनुरोध गर्ने भनि निर्णय गरेको बताउनु भयो । कार्यक्रमको सहजीकरण गर्दै इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले समुदायको आवश्यकतामा आधारित रही कार्यक्रमको योजना निर्माण गरी स्थानीय तहसँग समन्वय सहकार्य गरी कार्यक्रम सञ्चालन गरेमा प्रभावकारी हुने उल्लेख गर्नुभयो ।
संस्थाका अध्यक्ष सोनुसिंह विकले बैठकमा सबैले समुदायको समस्यामा आधारित रही समन्वय सहकार्य गरी अगाडि बढ्न सके मात्र प्रभावकारी रुपमा संस्था स्थापनाको उद्देश्य पुरा हुने र समुदायमा लाभ पुग्ने बताउँदै स्थानीय तहसँग समन्वय सहकार्य गरी अगाडि बढ्ने र सहयोगका अपेक्षा गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।
