INSEC Online

📅 २०८३ जेष्ठ २१

श्रमिक महिला दिवसमा महिला उद्यमशीलता उत्सब

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा नीलकण्ठ नगरपालिका, नेपाल पत्रकार महासङ्घ, गैसस महासङ्घ, इन्सेक लगायतका संस्थाहरूको सहकार्यमा धादिङबेसीमा पहिलो पटक महिला उद्यमशीलता उत्सब ०८१ आयोजना गरिएको छ ।

‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा देशभरमै पहिलो पटक मपहलाहरूको उत्पादन, प्रवद्धृन, व्यपार तथा सीपमूलक विषयहरूको प्रदर्शन गरि धादिङबेसी बिचबजार चोकमा स्टलहरू राखेर उत्सबको रुपमा आयोजना गरिएको हो ।

Photo1Dhading

महिला उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस उत्सवमा स्थानीय महिला उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका सामग्री, ढाकाका आकर्षक कपडा, नेवारी परिकार, अचार, तथा विभिन्न घरेलु उत्पादनहरू बिक्री र प्रदर्शन गरेका थिए।

बेनिघाटरोराङको चैलुङबाट महिलाहरूले उत्पादन गरेको राजमा सिमि, मस्याङ, झर्लाङको आलु, रिको धुसेनीबाट डालो, थुन्चे, नीलकण्ठ नगरपालिका क्षेत्रबाट झोल साबुन, हर्पेक, फिनेल, विभिन्न सात किसिमका अचार, मस्यौरा, गुन्द्रुक, कटुन्जेबाट ढाका बुनाइ झोला, पछ्यौरा, थैली, हातेतान, गलैँचा, हस्तकलाकाका सामानहरू प्रदर्शनीमा राखिएको थियो ।

महिलाहरूले उत्पादन गरेका र महिलाहरूले आम्दानी लिन सक्ने सामाग्रीहरूको प्रदर्शनी, प्रवद्र्धन र विक्रि समेत भएको ज्वालामूीबाट गुन्द्रुक, मस्यौरा, टपरी लिएर आउनुभएका जुना रानामगरले बताउनुभयो ।

मेलामा २० भन्दा बढी स्टलहरू राखिएको थियो, जसले स्थानीय महिला उद्यमीहरूलाई आफ्ना उत्पादनहरूको प्रचार–प्रसार गर्नुका साथै र आर्थिक सशक्तिकरणमा टेवा पु¥याउने अवसर पाएका छन् ।

उक्त महोत्सवमा स्थानीयबासी, व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मेलाले महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्दै उनीहरूको सीप, श्रम र उत्पादनलाई बजारिकरण गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूको भनाइ छ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले महिला उद्यमशीलताको महत्वलाई जोड दिनुभएको थियो । उहाँले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताउँदै आगामी वर्षहरूमा अझ व्यवस्थित र वृहत रूपमा महोत्सव आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले यो महत्वपूर्ण उत्सव भएको भन्दै महिला उद्यमीहरूको कला, सिप र क्षमता प्रदर्शनलाई अझ प्रचार गरिने बताउनुभयो ।

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सेवेदीले नगरपालिकाले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू तथा पिछडिएको वर्गका लागि धेरै काम गरिसकेको बताउनुभयो। साथै, नगरपालिकाले नगरवासीहरूलाई रोजगारी र उत्पादनमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्नुभयो।

 

Photo2Dhading20811124

अन्य

भिडियो