INSEC Online

📅 २०८३ जेष्ठ २१

हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग

डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ फागुन २२ गते बलात्कार प्रयास घटनाकी पीडित परिवारलाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।

पीडित परिवारलाई आर्थिक सहयोग अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित मानव अधिकार सहायता कक्ष मार्फत प्रदान गरिएको इन्सेक महोत्तरी प्रतिनिधि ममता विश्वकर्माले बताउनु भयो । पीडित पक्षको आर्थिक अवस्था कमजोर रहेको र न्यायको लागि सहयोग पुग्ने उद्देश्यले पीडित परिवारलाई सहायता प्रदान गरेको उहाँले बताउनु भयो ।

विश्वकर्माका अनुसार पीडित १२ वर्षीया बालिकालाई फागुन ११ गते भारत राज्य सितामढी जिल्ला परिहार घर भएका ४२ वर्षीय चैन किसोर दासले बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा उजुरी दिनु भएकोमा आरोपितलाई सोही दिन प्रहरीले गिरफ्तार गर्‍यो ।

पीडित पक्षको अनुसार फागुन ११ गते बालिका मनरासिस्वा नगरपालिका-८ स्थित सिरसिया बजारमा किनमेल गर्न गएको अवस्थामा आरोपितले बालिकालाई एक्लै देखी बलात्कार प्रयास गरेकोले निजविरुद्ध जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा उजुरी दिए ।

पीडितको स्वास्थ परीक्षण फागुन ११ गते प्रादेशिक अस्पताल जलेश्वरमा गरिएको जिल्ला प्रहरि कार्यालयका इन्स्पेक्टर विशाल सिंहले जनाकारी दिनुभयो ।

इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले घटना बारे इन्सेक महोत्तरी प्रतिनिधि मार्फत जानकारी पाएको र पीडित पक्षले न्यायको लागि पहल र आर्थिक सहयोग गरिदिनुहुन निवेदन दिएको हुनाले सो सहयोग गरेको बताउनु भयो ।

अन्य

भिडियो