INSEC Online

📅 २०८३ जेष्ठ २१

११५ ओँ अन्तार्राष्ट्रि श्रमिक महिला दिवसको स्वागतमा दिप प्रज्जवलन

११५ ओँ अन्तार्राष्ट्रिय श्रमिक महिला दिवसको स्वागत गर्दै यसको पूर्व सन्ध्यामा ०८१ फागुन २३ गते धादिङबेसीमा दिप प्रज्ज्वलन गरिएको छ ।

नीलकण्ठ नगरपालिका, नेपाल पत्रकार महासंघ, इन्सेक, गैसस महासंघ, रोयम नेपाल, फोकस नेपाल लगायतका संघसंस्थाहरुको आयोजनामा धादिङबेसी एमाले चोकमा दिप प्रज्ज्वलन गरिएको हो ।

IMG_8124

नीलकण्ठ नगरपालिका र नेपाल पत्रकार महासंघ, इन्सेक, गैसस महासंघ, रोयम नेपाल, फोकस नेपाल लगायतका संघसंस्थाहरुको आयोजनामामा धादिङबेसीमा महिला उद्ययमशीलता उत्सवको आयोजना गरि महिलाहरुको उत्पादनको प्रदर्शनी र विक्रि गर्ने योजना सहितको कार्यक्रम समेत आयोजना गरिएको छ ।

दिप प्रज्ज्वलन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषेतम सुवेदी, नेकपा उमाले जिल्ला सचिव राधिका सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी लगायतका महिला अधिकारकर्मी तथा स्थानीयबासीको सहभागिथतामा दिप प्रज्ज्वलन गरिएको छ । कार्यक्रममा बोल्दै दिपक विश्वकर्माले महिलाहरुको अधिकार सुनिश्चित गर्दै महिलामाथीका विभेद अन्त्यका लागि स्थानीय सरकार लागि परेको बताउनुभएको छ ।

IMG_8125

 

अन्य

भिडियो