INSEC Online

📅 २०८३ जेष्ठ २१

वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धी सचेतना नाटक प्रदर्शन सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा श्री जनकल्याण माध्यमिक विद्यालय, खजुरा गाउँपालिका-४, बद्रिपुरमा गठित मिरमिरे बाल अधिकार सचेतना समूहको आयोजना तथा इन्सेकको आर्थिक सहयोगमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धी सचेतना नाटक ०८१ फागुन २३ गते विद्यालयमा नाटक प्रदर्शन गरेको छन् ।

Photo08032025Banke

मिरमिरे बाल अधिकार सचेतना समुहले वार्षिक कार्ययोजना अनुसार नाटक प्रदर्शन गरेको संरक्षक शिक्षक तिर्थबहादुर शाहीले बताउनु भयो । विद्यालय प्रधानाध्यापक भिमबहादुर थापाले विद्यालयमा इन्सेकले विभिन्न विषयमा सचेतनामुलक कार्यक्रम गरेर सहयोग गरेकोमा धन्यवाद दिनुभयो साथै बालबालिकाको थप ज्ञानले नेतृत्व विकासमा टेवा पुगेको बताउनु भयो ।

इन्सेक जिल्ला सहजकर्ता लक्ष्मी थारुले बाल अधिकार सचेतना समूहलाई सानो सहयोग गरेकोमा विद्यालय परिवारले ठूलो सहयोग गरी बालबालिकाहरुको थप हौसला प्रदान गरेको र संस्थाबाट हुने सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।

Photo08032025Banke1

Photo08032025Banke2

अन्य

भिडियो