INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा जिल्ला कारागारको अनुगमनः सास्ती खेप्नुपरेको कैदीबन्दीको गुनासो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सूदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको टोलीले ०८१ फागुन १३ गते जिल्ला कारागार, कञ्चनपुरको अनुगमन गरी कारागारको वर्तमान अवस्था तथा कैदीबन्दीहरुले भोग्नुपरेका समस्याका बारेमा सूचना संकलन गरेको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीको नेत्तुत्वको टोलीले जिल्ला कारागार, कञ्चनपुरको अनुगमन गरी कारागारको अवस्थाका बारेमा छलफल गर्नुको साथै कैदीबन्दीहरुसँग प्रत्येक्ष भेटघाट गरी सूचना संकलन गरेको हो ।

photo29250226kanchanpur (3)

अनुगमनका क्रममा जिल्ला कारागार, कञ्चनपुरको वर्तमान समस्या, कागारको भौतीक संरचना तथा जनशक्ती, सुरक्षा व्यवस्था, कैदीबन्दीको संख्या तथा उनीहरुले भोग्नुपरेको समस्या तथा समस्या समाधानका लागि राज्यले गर्दै आएको पहलकदमीका बारेमा कारागारका सहायक प्रमुख रामदत्त जोशी, नाइके टेकराज जोशी र कैदीबन्दीहरुसँग भेटघाट गरी जानकारी लिएको थियो ।

कारागारका सहायक प्रमुख जोशीका अनुसार ‘ङ’ श्रेणीको जिल्ला कारागार, कञ्चनपुरमा २० महिला सहित ९५ जनाको क्षमता रहको  भए पनि हाल क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको कारण कारागार व्यवस्थापन गर्न नसक्दा कैन्दीबन्दीले सास्ती खेप्नुपरेको अनुगमन टोलीलाई बताउनु भयो ।

photo20250226kanchanpur

समस्या समाधानका लागि सम्बन्धीत निकायसँग पटकपटक अनुरोध गरिएको भए पनि कारागार सुधारका पक्षमा काम हुन नसकेको उहाँले बताउनु भयो ।

कारागार जीर्ण अवस्थामा रहेका कारण पानी परेको समयमा चुहिएर बस्न नसकिने र कारागार परिसर भित्रै पालमा समेत कोचिएर बस्नु पर्ने स्थिति रहेको जिल्ला कारागार, कञ्चनपुरका नाइके टेकराज जोशीले अनुगमन टोलीसँग गुनासो गर्नु भयो ।

कारागारलाई सुधार गृहका रुपमा लिइने गरिएको भए पनि जिल्ला कारागार, कञ्चनपुरमा राज्यले त्यस अनुरुपका कार्यक्रम सञ्चालन नगरेको र कैन्दीबन्दीहरु आधारभूत अधिकारबाट समेत वञ्चित हुनुपरको अनुगमनका क्रमा पाइएको इन्सेक इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक जोशीको नेत्तुत्वामा रहेको अनुगमन टोलीमा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्मा, इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवरको सहभागिता रहेको थियो ।

photo29250226kanchanpur (2)

अन्य

भिडियो