नेपालगञ्ज उपमहानगरपालिका–१२ की १८ वर्षीया युवतीलाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि ०८१ फागुन १२ गते १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
आर्थिक अवस्था कमजोर भएको कारणले कानुनी प्रकृयामा जान समस्या परेको भन्दै पीडितले दलित महिला सङ्घ (फेडो बाँके) को सिफारिस सहित माघ २९ गते इन्सेकमा निवेदन दिनुभएको थियो । पीडितले आफूलाई ०८१ पुस १ गते बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा माघ २३ गते उजुरी दिएको बताउनु भयो । घटनाका आरोपित हालसम्म फरार रहेका छन् ।
आफूलाई आरोपितले पटक पटक बलात्कार गर्दै आएको भन्दै पीडितले आर्थिक सहयोग गरिदिन इन्सेक समक्ष आग्रह गर्नुभएको थियो ।