INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन

Photo 20250224 Saptari (1)
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ नगरपालिका-३ स्थित श्री राम दयाल माध्यमिक विद्यालय र सोही नगरपालिका वडा नं.१० स्थित श्री जनता माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८१ फागुन ११ गते सडक नाटक प्रदर्शन गरेका छन् ।

बालबालिकाहरूले शम्भुनाथ नगरपलिका-३, कचन्दाहाको दुई ओटा दलित बस्तीस्थितमा सडक नाटक प्रस्तुत गरेको इन्सेक सप्तरी सहजकर्ता अजय परियारले बताउनु भयो ।

बाल अधिकार सचेतना समूहले शिक्षा र बाल अधिकारको क्षेत्रमा देखिएको असमानता र विभेद, बालविवाह, महिला हिंसा तथा महिलाविरुद्ध हुने सबै किसिमका भेदभावविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो । नाटकको माध्यमबाट बालबालिकाहरूले असमान व्यवहार तथा विभेदबाट मानव जीवनमा पर्ने असरबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराए । Photo 20250224 Saptari (8)

Photo 20250224 Saptari (7)

उक्त कार्यक्रममा मानव अधिकार समूहका मधेस प्रदेश अध्यक्ष देवी माया भटृराई, प्रधानाध्यापक काली प्रसाद चौधरी, संरक्षक शिक्षक अशोक कुमार साह, समुदायका अगुवा व्यक्तित्वहरू र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको इन्सेकको सप्तरी जिल्ला सहजकर्ता अजय परियारले बताउनु भयो ।

कार्यक्रममा सहभागी भएकी कञ्चन देवी मण्डलले आजका बालबालिकाहरू भोलीका कर्णधारहरू हुन्, शिक्षाबाट मात्र समाज परिवर्तन हुन सक्दछ र महिला हिंसाविरुद्ध हामी सबैले समाजमा खुलेर बहस गर्नु पर्ने बताउनु भयो ।

त्यसैगरी, पासवान बस्तीकी अमलि देवी पासवानले घरको कामदेखि शिक्षासम्म छोरा र छोरीबीच विभेद रहेको अवस्थामा हाम्रो रुढिवादी समाजलाई प्रस्तुत नाटक ऐना देखाएको बताउनु भयो । उहाँले छोरा छोरीलाई समान अवसर दिई विभेद मुक्त समाज निर्माण गर्न शिक्षित अभिभावकहरूले महत्वपूर्ण भूमिका खेल्नु पर्ने देखिन्छ बताउनु भयो ।

प्रदेश मानव अधिकार समूहकी अध्यक्ष देवी माया भटृराईले लैङ्गिक हिंसा र महिला हिंसा विरुद्ध हाम्रो अभियान अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा चलिरहेको र समाजमा रहेको हरेक चेतनशिल नागरिकको साथ र सहयोग रहे समाज परीवर्तन हुने बताउनु भयो ।

प्रधानाध्यपक चौधरीले प्रस्तुत नाटकले छोरा छोरीलाई शिक्षामा समान पहुँचको महत्व दर्शाएको र शिक्षाको अभावले महिला हिंसा निम्ताएको बताउनु भयो । उहाँले बालविवाह रोक्न हामी हरसम्भव लागेको बताउनु हुदै बालबालिकाहरूलको प्रशंसा र आयोजक इन्सेकलाई धन्यवाद समेत दिनु भयो ।

सडक नाटक प्रदर्शनमा श्री राम दयाल माध्यमिक विद्यालयका बाल अधिकार सचेतना समूहका अध्यक्ष सुर्य नारायण पाल, आईशा प्रबीन, सपना साह, लक्ष्मी मण्डल, सरस्वती सदा, प्रदिप मण्डल, सुरेश कुमार पाल, सडक श्री जनता माध्यमिक विद्यालयका बाल अधिकार सचेतना समूहकी अध्यक्ष संतोषी कुमारी साह, आकाश चौधरी, रुपेश चौधरी, कृष्ण सरदार, प्रितिका चौधरी, स्वसतिका सरदार, खुश्बु चौधरी, अमन चौधरी, दिपेन चौधरी लगायतको सहभागी रहेको थियो ।

Photo 20250224 Saptari (4)

Photo 20250224 Saptari (3)

अन्य

भिडियो