अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहयोगमा मिरमिरे बाल अधिकार सचेतना समूह तथा जनकल्याण माध्यमिक विद्यालय खजुरा गाउँपालिका-४, बद्रीपुरको आयोजनामा फागुन ९ गते वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

समुहका संरक्षक शिक्षक तिर्थबहादुर शाहीले बाल अधिकार सचेतना समूहको कार्ययोजना अनुसार शिक्षा विकासको पूर्वाधार विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा निम्न माध्यमिक पाँच जना र माध्यमिक तहको दुई जना गरी जम्मा सात जना बालबालिकाले भाग लिएका थिए । उहाँले छनौट गरिएको यस्ता खालका बाल अधिकार समूहले विभिन्न बाल अधिकार तथा सचेतनामुलक कार्यक्रम गर्दै आइरहेको बताउँदै आगामी दिनमा पनि इन्सेक, विद्यालय परिवार र समूहको सहकार्यमा कार्यक्रम गर्न सहयोग गर्ने बताउनु भयो ।
जनकल्याण माध्यमीक विद्यालयका प्रधानाध्यापक भीमबहादुर थापाले विद्यार्थीको सिर्जनात्मक अभिव्यक्ति प्रस्फुटन गर्न वक्तृत्वकला प्रतियोगिताले भूमिका खेल्ने बताउँदै यस्ता क्रियाकलापमा थप सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । इन्सेक जिल्ला सहजकर्ता लक्ष्मी थारुले विद्यार्थीहरुको नेतृत्वविकास तथा सिर्जनात्मक कार्यका लागि इन्सेकले सानो सहयोग गरेको बताउनु भयो ।
