INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

नेपालगञ्ज उपमहानगरपालिका–१३ की १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि ०८१ फागुन ९ गते १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।

आर्थिक अवस्था कमजोर भएको कारणले कानुनी प्रकृयामा जान समस्या परेको भन्दै पीडितले शसक्त महिला सेल नेपालगञ्जको सिफारिस सहित माघ १५ गते निवेदन दिनु भएको थियो । पीडितले आफूलाई ०८० मङ्सिर ८ गते बलात्कार भएको भन्दै कानुनी बमोजिम सजायका लागि जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २० गते उजुरी दिएको बताउनु भयो । हाल मुद्दा जिल्ला अदालतमा विचारधीन रहेको पीडितले बताउनु भयो ।

पीडितले आफूलाई पीडकले बलात्कार गरेको भन्दै न्यायका लागि पहलको साथै आर्थिक सहयोग गरिदिन इन्सेक समक्ष आग्रह गर्नुभएको थियो ।

अन्य

भिडियो