INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार सचेतना समूहद्वारा कार्य योजना बैठक सम्पन्न

Photo 20250201 Saptari (2)

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा डाक्नेश्वरी नगरपालिकास्थित श्री राम दयाल माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८० माघ १४ गते कार्य योजना बैठक सम्पन्न गरेको छ ।

बाल अधिकार सचेतना समूहले सम्पन्न गरेको कार्ययोजना अनुसार माघ २५ र २६ गते सडक नाटक प्रदर्शन गर्ने निर्णय गरेको छ । उक्त सडक नाटक बाल विवाह, दाइजो प्रथा, महिला हिंसा जस्ता कुप्रथाहरुको न्यूनिकरणका निम्ति प्रभावकारी हुने संरक्षक शिक्षक अशोक साहले बताउनु भयो ।

कार्यक्रम पछि सामाजमा छोरी/छोरा मा भेदभाव र महिला हिंसा विरूद्ध चेतना जागृत हुने बाल अधिकार सचेतना समूहका अध्यक्ष सुर्य कुमार पालले बताउनु भयो ।

बैठकको सहजिकरण गर्दै इन्सेक सप्तरी सहजकर्ता अजय परियारले इन्सेकको परियोजनाले गर्ने काम र उद्देश्य बारे प्रकाश पार्नु भयो ।

अन्य

भिडियो