इन्सेकको सहयोगमा कैलारी गाउँपालिका–७ स्थित राष्ट्रिय माध्यमिक विद्यालयस्तरीय गठित बाल अधिकार चेतना समूहले बाल विवाह विरुद्ध जनचेतना फैलाउने उद्धेश्यले ०८१ माघ १८ गते सडकनाटक प्रदर्शन गरेको छ ।

राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक रामकुमार चौधरीले विद्यालय तहमा अध्ययन गरिरहेका कतिपय किशोरकिशोरी उमेर नपुग्दै विवाह बन्धनमा बाँधिने गरेको पाइएपछि सडकनाटक प्रदर्शन गरेको र बाल विवाहका कारण महिला तथा बच्चाको स्वास्थ्यमा पर्ने शारीरिक असर, प्रजनन स्वास्थ्य, बाल विवाहका कानुनी सजाय लगायतका विषयमा सन्देश दिन खोजिएको बताउनु भयो ।
इन्सेक जिल्ला सहजकर्ता बिरेन्द शाहले परिपक्व उमेर नभई विवाह गर्दा शारीरिक, मानसिक र शिक्षामा असर पर्ने भएको हुँदा छोरीहरूलाई शिक्षामा जोड दिनु पर्ने बताउनु भयो ।

सडक नाटक कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी र बाल अधिकार चेतना समूहका पदाधिकारी, अभिभावहरू लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।
