INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको समन्वयमा बेपत्ता बालिकाको उद्दार

इटाभट्टामा काम गर्न धादिङको गल्छी गाउँपालिका-७ पुगेका घोराही उपमनपा-१९ का १७ वर्षीया पुर्णिामा पुन र २० वर्षीया बिमला पुनले बेपत्ता भएको पाँच वर्षपछि परिवार भेटेका छ्न् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको समन्वयमा हराएका बालिकाहरूले बुबा, आमा र परिवार भेटेका हुन् । कोरोना महामारीको क्रममा हराएका बालिकाहरूलाई गल्छी गाउँपालिका-५ पाल्चोकका राजन भन्डारीले संरक्षणमा रहेका पूर्णिमा र बिमलालाई इन्सेक दाङ जिल्ला प्रतिनिधिको समन्वयमा माघ १३ गते घोराही उमनपा-१९ खोलिगाउस्थित घर पुर्‍यादिइएको हो ।

बालिकाका बुबा पुर्णबहादुर पुनले बालिका संरक्षक भन्डारी, छोरीहरूलाई स्वागत गर्नुभएको थियो ।

अन्य

भिडियो