इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहको सहकार्य र बाल अधिकार चेतना समूहको आयोजनामा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्रक्रिया कार्यक्रम ०८१ पुस २४ गते पहलमानपुरमा सम्पन्न भएको छ ।
घोडाघोडी नगरपालिका–१० का वडासदस्य तथा न्यायिक समितिका सदस्य रोहित बमले मानव अधिकार प्रतिको सम्मान र सम्बृद्ध बनाउन स्वाच्छ र सफा वातावरण यसको दिगो संंरक्षणका लागि राज्य मात्र नभई नागरिक समाज, बालकालिका तथा सम्बन्धित सरोकारवालाहरुको दायित्व महत्वपुर्ण रहेको बताउनु भयो ।

घोडाघोडी नगरपालिकाका कृर्षी प्राविधिक गणेशबहादुर शाहीले मानवीय क्रियाकलाप ध्वनी प्रदुषण, उद्योग कलकारखानाबाट निस्कने फोहारमैलाको कारण वातावरण प्रदुषित भई बिभिन्न रोगहरु लाग्ने भएकाले स्वच्छ वातारण बनाउन र वातावरणको संरक्षण गर्न सबैको दायित्व रहेको बताउनु भयो ।
कान्तिराज्यलक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक उमाकान्त मिश्रले वातावराण संरणका लागि आफू बसेको वरिपरिको वातावरण सफा र हरियाली बनाउन आवश्यक रहेको र राज्यले जलवायुमैत्री विकास निर्माण र वातावराण नीतिको सही कार्यान्वयन गरेमा वातावरणको संरक्षण सम्भव रहेको बताउनु भयो ।

इन्सेक कैलाली जिल्ला सहजकर्ता विरेन्द्र शाहले वातारण संरक्षण र स्वच्छ वातावरण निर्माण महत्वपूर्ण विषय भएको र स्वच्छ वातारणमा बाच्न पाउने मौलिक हक रहेकोले सरोकारवाला निकाय तथा राज्यको तीन ओटै तह एकजुट भएर वातावरण नीति २०७६ कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो ।