इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहको सहकार्य तथा बाल अधिकार चेतना समूहको आयोजनामा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०८१ पुस २२ गते साडेपानीमा सम्पन्न भएको छ ।

घोडाघोडी नगरपालिका–२ का वडाध्यक्ष लक्ष्मीप्रसाद चौधरीले जलवायु अनुकुल विकास निर्माणलाई प्राथमिकता राखेर काम गर्न, वातावरणमैत्री संरचना निर्माण गर्न स्थानीय सरकारलाई सहयोग गर्न र बदलिदो परिवेशमा नागरिकको अधिकासँगै कर्तव्यको पनि परिपालना गर्न आवश्यक रहेको बताउनु भयो ।
घोडाघोडी नगरपालिकाका कृर्षी प्राविधिक गणेशबहादुर शाहीले मानवीय क्रियाकलाप ध्वनी प्रदुषण, उद्योग कलकारखानाबाट निस्कने फोहारमैलाको कारण वातावरण प्रदुषित भई बिभिन्न रोगहरु लाग्ने भएकाले स्वच्छ वातारण बनाउन र वातावरणको संरक्षण गर्न हामी सबैको दायित्व रहेको बताउनु भयो ।

दशरथ माध्यमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर चौधरीले वातावराण संरणका लागि आफू बसेको वरिपरिको वातावरण सफा र हरियाली बनाउन आवश्यक रहेको र राज्यले जलवायुमैत्री विकास निर्माण र वातावरण नीतिको प्रभावकारी कार्यान्वयन गरेमा वातावरणको संरक्षण सम्भवभएको बताउनु भयो ।
इन्सेक कैलाली जिल्ला सहजकर्ता विरेन्द्र शाहले वातावरण नीति २०७६ प्रस्तुत गर्दै नागरिकको स्वच्छ वातारणमा बाच्न पाउने मौलिक हक रहेकोले सरोकारवाला निकाय तथा राज्यका तीनै तह एकजुट भएर वातावरण नीति ०७६ कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो ।