INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सिलगढीमा सम्पन्न भएको छ ।

समीक्षा कार्यक्रममा इन्सेक डोटी प्रतिनिधि सुबास नेपालीले सन् २०२४ जनवरीदेखि सन् २०२४ डिसेम्वरसम्म जिल्लामा संकलन गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका ३५ ओटा घटना प्रस्तुत गर्नुभएको थियो ।

photo20241230doti (2)

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आर्थिक तथा सामाजिक रुपमा पछाडी पारिएका समुदायको अहिले पनि न्यायमा पहुँच पुग्न नसकेको बताउँदे इन्सेकले पीडितहरुका न्यायमा पहुँच पुगाउन गरको प्रयास तथा त्यस प्रकारका घटनाहरु संकलन गरी उजागर गर्दै अएकोमा इन्सेकलाई धन्यवाद दिनु भया ।

जिल्ला मानव अधिकार सञ्जालका अध्यक्ष तथा सञ्चारकर्मी नवराज जोशीले इन्सेकद्वारा प्रकाशन गरिदै आएको मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार हनन् तथा ज्यादतीबाट पीडित भएकाहरूको अधिकार स्ररक्षणमा सहयोग पुगेको बताउनु भयो ।

photo20241230doti (1)

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी , जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिएसपी बिनोद शर्मा, राष्ट्रिय अनुसन्धान, डोटीकाप्रमुख महेश अवस्थी, जिल्ला सरकारी वकिल कार्यालय, दलित महिला संघ (फेडो), पत्रकार, मानव अधिकारकर्मी र सरकारी कार्यालका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अन्य

भिडियो