INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार तथा मौलिक हक विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र गोल्डेन पिक हाइस्कुलको संयुतm आयोजनामा काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगरस्थित गोल्डेन पिक हाइस्कुलमा ०८१ पुस ७ गते एक दिने मानव अधिकार तथा मौलिक हक विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको सेसन सहजीकरण इन्सेक केन्द्रीय कार्यालयका मानव अधिकार शिक्षा शाखा फोकल पर्सन कृष्णप्रसाद नेपालले गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा मानव अधिकारको आधारभुत अवधारणा, मानव अधिकार सम्बन्धी विश्ववयापी घोषणापत्रका मुख्य प्रावधानहरू, नेपालमा मानव अधिकार संरक्षणमा भएका प्रयासहरू, मानव अधिकार संरक्षणमा विभिन्न निकाय तथा सङ्घ संस्थाको भूमिका बारे जानकारी गराइएको थियो ।

9

साथै मानव अधिकार संरक्षणमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक लगायत संस्थाहरूको भूमिका र नेपालको संविधानमा व्यवस्था भएको मौलिक हक र कर्तव्यको बारेमा सरल भाषामा संक्षिप्त छलफल गरिएको थियो ।

कार्यक्रमको क्रममा विद्यार्थीहरूले लैङ्गिक हिंसा तथा यसको कारक तत्वहरूबारेमा जिज्ञासा राखेका थिए । यसैगरी नेपालमा मानव अधिकारको ज्यादती र उल्लङ्घनको घटनाहरूको अवस्था र यसको न्यूनिकरणका लागि स्थानीय सरकार, विधालय, सामुदायिक संस्था, नागरिक समाज र विद्यार्थीहरूको भूमिका बारेमा समेत अन्तरक्रिया भएको थियो ।

गोल्डेन पिक हाइस्कुलका डाइरेक्टर कला राईले सहभागी र सहयोगी संस्था इन्सेकलाई धन्यवाद दिँदै आधारभुत तह र माध्यामिक तहमा मानव अधिकार, मौलिक अधिकार तथा विभिन्न सङ्घसंस्थको भुमिका विषयको खुला छलफल कार्यक्रमले विद्यार्थीमा मानव अधिकारमैत्री व्यवहारको विकास हुने बताउनु भयो ।

4

उहाँ मानव अधिकारमैत्री अवधारणा र लैंङ्गिकताको सवालबारे प्राप्त ज्ञानले आगामी दिनमा सामाजिक र नैतिक चेतनामा क्षमता अभिवृधि हुने विषयमा जोड दिनुभयो ।

इन्सेक लगायत विभिन्न गैरसरकारी संस्थाहरूले मानव अधिकार तथा लैङ्गिक हिंसा विरुद्धका सचेतनामूलक कार्यक्रमले समाजमा मानव अधिकारमैत्री विकासको प्रवद्र्धन, बाल अधिकार क्षमता र हिंसा न्युनीकरणका लागि महत्वपूर्ण रहेको पनि डाइरेक्टर राईले बताउनुभयो ।

डाइरेक्टर राईले विद्यालयमा यस अघि “हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने नारामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र ७६ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस २०२४ को सन्दर्भमा एक दिने छलफल समेत गएिको स्मरण गर्नु भएको थियो ।

अन्तरक्रियाको समापनको क्रममा आफ्नै भनाइ राख्दै इन्सेकका कृष्णप्रसाद नेपालले मानव अधिकार र लैङ्गिकताका विषयहरूमा विद्यालय तहका पाठयक्रमका विषयवस्तु र समय सन्दर्भका छलफलहरूमा युवा, महिला, बालबालिकाहरूको सहभागीता र क्षमता अभिवृद्धिका लागि विद्यालय, शिक्षक, विधार्थी, अभिभावक र स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने र यसले मानव अधिकार र सामाजिक न्यायमा मद्दत पुग्ने विषयमा जोड दिनुभयो ।

यसैगरी हाइस्कुलका नेपाली विभाग प्रमुख तेजबहादुर कटुवालले यस प्रकारका अभियानले महिलामाथि हुने हिंसालाई राष्ट्रिय बहसका रूपमा ल्याउन महत्वपूर्ण भूमिकाखेलेको उल्लेख गर्नु भयो ।

उहाँले लैङ्गिक हिंसा विरुद्धको अभियानमा निरन्तर रूपमा क्रियाशील सरकारी निकाय, राजनीतिकर्मी, नागरिक सामाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंथाहरू लगायत इन्सेकको प्रयासको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा गोल्डेन पिक हाइस्कुलका डाइरेक्टर कला राई, प्रधानध्यापक छत्रमणी राई, अतिरितm क्रियाकलाप संयोजक शिक्षक नारायण बुढाथोकी, नेपाली भाषा विभाग प्रमुख तेजबहादुर कटुवाल लगायत कक्षा ९ र १० मा अध्ययनरत ४२ छात्र र ३६ छात्रा को सहभागिता रहेको थियो ।

10  6

अन्य

भिडियो