INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा गठित मानव अधिकार सहायता कक्षले बलात्कार घटनाकी पीडितलाई न्यायिक प्रक्रियामा सहयोगका लागि ०८१ पुस ५ गते आर्थिक सहायता प्रदान गरेको छ ।

बोल्न नसक्ने १५ वर्षीया बालिकालाई ०८१ पुस १ गते बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका–७ जमुनियाका ५५ वर्षीय गेन कुमार चौधरीविरुद्ध पुस २ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिनुभयो ।

आरोपितले पुस १ गते पीडित बालिकालाई ललाई फकाई गाउँ नजिकै रहेको धान खेतमा लगि बलात्कार गरेको पीडित पक्षले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २ गते प्रादेशिक अस्पताल जलेश्वरमा भयो ।

उजुरी लगत्तै आरोपितलाई गाउँबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर सूर्य राना मगरले जानकारी दिनुभयो ।

पीडितको आर्थिक अवस्था कमजोर रहेको र न्यायीक प्रक्रिया सहयोग पुग्ने उद्देश्यले पीडित पक्षलाई आर्थिक सहयोग प्रदान गरेको इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले बताउनु भयो ।

पीडित पक्षले आर्थिक सहयोग र न्यायीक प्रक्रियामा सहजिकरणका लागि इन्सेक महोत्तरी प्रतिनिधि मार्फत इन्सेक मधेस प्रदेश कार्यालयमा निवेदन दिनु भएको थियो ।

अन्य

भिडियो