INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका पीडितलाई इन्सेकको आर्थिक सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित मानव अधिकार सहायता कक्षले यौन दुर्व्यवहार घटनाका पीडित तीन वर्षीय बालक को परिवारलाई ०८१ पुस ५ गते १० हजार रुपियाँ आर्थिक सहायता प्रदान गरेको छ ।

पीडित बालकलाई ०८१ मङ्सिर २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा जलेश्वर नगरपालिका–१ का २२ वर्षीय रोशन साहविरुद्ध मङ्सिर २८ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरी उजुरी दिनुभयो । घर नजिकै खेलिरहेको पीडित बालकालाई ललाइ फकाइ यौन दुर्व्यवहार गरेको पीडित पक्षले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २५ गते प्रादेशिक अस्पताल जलेश्वरमा भयो ।

घटना पश्चात आरोपित फरार रहेकोले खोजी कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विशाल सिंहले जानकारी दिनु भयो ।

पीडितको आर्थिक अवस्था कमजोर रहेकोले न्यायीक प्रक्रियामा सहयोग पुग्ने उद्देश्यले पीडित परिवारलाई आर्थिक सहयोग गरेको इन्सेक महोत्तरी प्रतिनिधि ममता विश्वकर्माले बताउनु भयो ।

अन्य

भिडियो