INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

Photo 20241221 Siraha (1)
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सिरहामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको पुस्तक प्रकाशन पूर्व पुस ६ गते सिरहामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

इन्सेक सिरहाका अनुसार सन् २०२४ को अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्याङ्कमा यो वर्षमा ५५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ ।

इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियारले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा परिवारजनबाट महिला र पुरुषको हत्या, बलात्कार, यौन दुर्व्यवहार, बलात्कार प्रयास, बहुविवाह जस्ता घटनाहरू गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरीले इन्सेकको प्रतिवेदनले समाजमा हिंसाहरू बढीरहेको बताउनु भयो । मानव अधिकारको क्षेत्रमा इन्सेक अग्रनी संस्थाको रुपमा स्थापित भएको र पडितहरूको आवाजलाई न्यायीक प्रकृयासम्म पु¥याउन सहयोग पुगेको बताउनु भयो । समाजमा विद्यमान समस्याहरूको समाधान गर्न इन्सेकको एकल प्रयासले मात्र सम्भव नभएकोले हामि सबै जना यसको लागि हातेमालो गरेर आगाडि बढ्नु आवश्यक रहेको चौधरीले बताउनु भयो । नेपालमा कानुनहरू प्रयाप्त भए पनि कार्यान्वयनको पाटो फितलो भएकोले हामी सबै दोषी रहेको उहाँले बताउनु भयो । मानव अधिकारको सवालमा आफूलाई प्रदेश सभामा पनि आवाज उठाउने सभा सदस्य चौधरीले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर शिव कट्टेलले मानव अधिकारको संरक्षणमा र उल्लङ्घनमा प्रहरीनै अग्र पङ्त्तिमा रहने बताउनु भयो । प्रहरीको भूमिका अपराध रोकथाम, अनुसन्धान र शान्ति सुरक्षा रहेको बताउनु भयो । प्रहरीमा आउने धेरै जसो समस्याहरू न्यायीक समितिमा जाने भए पनि न्यायिक समितिमा विश्वास नभएको कारणले प्रहरीले अनावश्यक कामहरूमा समय खर्चिने भएकोले अनुसन्धानको काममा बाधा पुग्ने बताउनु भयो । फैजदारी मुद्दामा पैहरीलाई समाजले सहयोग नगर्ने हुँदा सबैको पहल आवश्यक रहेको इन्स्पेक्टर कट्टेलले बताउनु भयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष मनोज बनैताले इन्सेकले तथ्याङ्क सङ्कलन मात्र नगरेर कारणहरू पनि पता लगाई समस्या समाधान गर्नु पर्ने जोड दिनु भयो । स्थानीय सरकारले आफ्नो भूमिका निर्वाह नगर्दा प्रहरी आनावश्यक कामहरूमा रुमलिनु परेको बताउनु भयो ।

मानव अधिकार एलाइन्सका मधेश प्रदेश अध्यक्ष देवराज पोखरेलले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार अध्ययन गर्ने सबैको लागि श्रोत पुस्तकको रुपमा काम लाग्ने बताउनु भयो । नेपालको मानव अधिकारको अवस्था के छ भन्नको लागि वर्ष पुस्तक यूएन एजेन्सीलाई पनि काम लाग्ने र निति निर्माताहरूलाई देशको अवस्था विश्लेषण गरेर कानुन बनाउन मद्दत पुग्ने अध्यक्ष पोखरेलले बताउनु भयो ।

कार्यक्रममा सञ्चारकर्मी, जिवछ यादव, दिनेश्वर गुप्ता, महेश सिंह, सुदिप राउत, निर्मला दाहाल, एलिना हिगमाग, अधिकारकर्मीहरू, देवराज पोखरेल, मोहन पासवान, लहान नगरपालिकाकी न्यायीक समिति सदस्य राकुमारी दास लगायत सञ्चारकर्मीहरूले प्रतिवेदनमा टिप्पणी गर्नु भयो ।
Photo 20241221 Siraha (3)

Photo 20241221 Siraha (6)

अन्य

भिडियो