INSEC Online

📅 २०८३ जेष्ठ २१

बालश्रमका कारण बालबालिकामा परेको प्रभाव सम्बन्धी सचेतना मूलक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयद्वारा सञ्चालित मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत २०८१ मङ्सिर २८ मकवानपुरको मनहरी गाउपालिकाको श्री राष्ट्रियय रोटरी माविमा बाल अधिकार समूहको अध्यक्ष नसिमा खातुनको अध्यक्षमा बालश्रमका कारण बालबालिकामा परेको प्रभाव सम्बन्धी  सचेतना मूलक नाटक प्रदर्शन भयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा गठित बालअधिकार चेतना समूहले बालश्रमका कारण बालबालिकामा परेको प्रभाव सम्बन्धी सचेतना मुलक नाटक प्रर्दशन गरेका छन् ।

Rotari 2

प्रस्तुत नाटकमा होटलमा काम गर्नको लागि सानी नानीलाई लेराई उनको शारिरीक क्षमता भन्दा माथिको कामहरू दैनिक रुपमा गर्नु पर्ने र उनलाई होटलमा आउने पुरुषले पनि यौन शोषण गरेको देखाइएको थियो ।

साथै बालश्रममा रहेका बालबालिकालाई काम सँगसँगै पढाइ पनि गर्ने भनिए पनि उनीहरूलाई  काम मात्र लगाइने गरेको विषय वस्तु प्रस्तुत गरिएको थियो ।

बालश्रम र यौन शोषणका घटनाहरुू हाम्रो समाज आज पनि मुख्य समस्याको रुपमा रहेको छ । नाटकमा रोटरी माविको सहायक प्रधानाध्यापक तथा संरक्षक शिक्षक साधुराम रिजालले बालश्रम कस्ले कसरी कहाँ गर्छन, बालश्रम हुन नदिन, यौन शोषण र बाल श्रमममा नपर्नका लागि स्वयमले कसरी सतर्कता अपनाउन पर्छ भन्ने विषयमा प्रस्तुत गरेको नाटक निकै प्रभावकारी भएको बताउनु भयो ।

Rotari 1  Rotari 3

अन्य

भिडियो