
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा शम्भुनाथ नगरपालिकामा गठित नगर स्तरीय मानव अधिकार समूहले शम्भुनाथ नगरपालिकास्थित शिक्षा शाखा प्रमुख बिदुर विक्रम थापालाई ०८१ मङ्सिर २४ गते ध्यानाकर्षण पत्र बुझाएको छ।

नगर स्तरीय मानव अधिकार समूहले मङ्सिर १७ गते शम्भुनाथ नगरपालिका-७ स्थित श्री जनता आधारभूत विद्यालयको अनुगमन गरेको थियो । अनुगमनकाे क्रममा उक्त समूहले सो विद्यालयमा विद्यालय व्यवस्थाप समिति गठन नभएको कारणले विद्यालयको भौतिक संरचना पर्याप्त मात्रामा नभएको र शिक्षाको गुणस्तरमा समेत ह्रस भएको अवस्था देखिएको हुनाले तत्काल विद्यालय व्यवस्थापन समिति गठन गर्न पहल गर्नुहुन शिक्षा शाखा प्रमुख थापालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

बिगत आठ महिनादेखि विद्यालय व्यवस्थापन समिति नभएको र जसका कारणले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शिक्षामा प्रत्यक्ष प्रभाव परेको विद्यालय अनुगमनका क्रममा एक जना अभिभावकले इन्सेक जिल्ला सहजकर्ता अजय परियारलाई बताउनुभयाे ।
शिक्षा शाखा प्रमुखले विद्यालय व्यवस्थापन समिति गठनको लागि वडाध्यक्ष र प्रधानाध्यपकसँग छलफल र सहकार्य गरिरहेको र गठन प्रकृयामा आफूबाट हुने सम्पूर्ण कार्य जिम्मेवारी पुरा गर्ने र पुस महिना भित्र विद्यालय व्यवस्थापन समिति गठन गर्ने प्रतिबद्धता जनाउनु भयाे ।
मधेस प्रदेश मानव अधिकार समूहकी अध्यक्ष देवी माया भटृराई, इन्सेक जिल्ला सहजकर्ता अजय परियार, मानव अधिकार समूहका अध्यक्ष पुल्कित भगतलगायतको टोलीले विद्यालय अनुगमन गरी शिक्षा शाखा प्रमुख थापालाई ध्यानाकर्षण पत्र बुझाउनु भयो ।

