INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व समीक्षा तथा ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको कार्यक्रम धादिङबेसीमा सम्पन्न भयो ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नेपाल पक्ष भएका सन्धी सम्झौता र नेपालको मौलिक हक अनुसार नागरिकले आफ्नो हक अधिकारको प्रत्याभूति गर्न पाउनु पर्ने जिल्ला समन्वय समितिका उपप्रमुख कूलमान विश्वकर्माले बताउनुभयो ।

सबै नागरिकले सामाजिक साँस्कृतिक र वातावरणीय न्याय पाउनु पर्ने र सरकारले पुरा गर्नका लागि लाग्नु पर्ने बताउँदै उपप्रमुख विश्वकर्माले जनताले पेटभरी खानप पाउने अधिकारमात्र नभएर सम्मानपूर्वक बाँच्ने अधिकार सरकारले सुनिश्चित गर्नु पर्ने बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले सरकारले संरक्षण गर्न खोज्दा खोज्दै मानव अधिकारको हनन् हुने गरेकोले कमजोरी सच्याएर सरकारी पक्ष अघि बढ्ने बताउनुभयो । मौलिक हक मानव अधिकारको रुपमा रहेकोले कानुन बनाएर मानव अधिकारको प्रत्याभुति गर्नु पर्नेमा जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि दिपेन्द्र शाहीले मानव अधिकारको संरक्षणमा प्रहरीले काम गरिरहेको बताउँदै जात धर्म, वर्णको आधारमा समाजमा क्लेस फैलाउनेलाई नियन्त्रण गरेर नेपाल प्रहरीले सबै नागरिकको सम्मान, परिपूर्ति र जिवन रक्षाका लागि काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा गैसस महासंघका अध्यक्ष शालिकराम दुवाडी, दलित सेवा संघका अध्यक्ष श्याम मगराती, महिला मानव अधिकारकर्मी गायत्री खतिवडा लगायतले महिला, दलित, जानजाती जनताको अधिकार सुनिश्चित गरेर मानव अधिकारको रक्षा गर्नु पर्ने बताउनुभएको छ ।

मानव अधिकार वर्ष पुस्तक २०२५ को  पूर्वसमीक्षामा कार्यक्रममा इन्सेक जिल्ला अप्रतिनिधि सीताराम अधिकारीले  ६६ ओटा घटनामा ६० जना महिला र सात जना पुरुष पीडित भएको तथ्यांक प्रस्तुत गर्नुभयो ।

वर्षभरीमा धादिङ कारागारमा एक जनाको मृत्यु, हत्या घटनामा ५ जना, एक स्थानहदको घटनामा २ जना, बालिका बलात्कारमा १७ जना बालिका, बालयौन दुरुपयोगमा २ जना, महिला बलात्कार घटनामा १० जना, बलात्कार प्रयास घटनामा २ जना, घरेलु हिंसामा २२ जना, बहुविवाहमा १ जना, बालक अपहरणमा १ जना, आत्महत्या दुरुत्साहनमा २ जना र अपांगता अधिकार उल्लंघनमा १ जना पीडित भएको इन्सेकले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

Dhading

अन्य

भिडियो