अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्षले बलात्कार घटनाकी पीडित १० वर्षीया बालिकालाई ०८१ मङ्सिर २४ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
पीडित परिवारलाई मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले १० हजार रुपियाँ चेक मार्फत हस्तान्तरन गर्नु भयो । पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेको र उक्त रकमले न्यायीक प्रक्रियामा जान समेत पीडित परिवारलाई सहयोग हुने उद्देश्यले आर्थिक सहयोग गरेको मुक्ति नेपालकी अध्यक्ष महराले बताउनु भयो ।
पीडित बालिकालाई धनगढीमाई नगरपालिका-१३ का ७२ वर्षीय रुद्र बहादुर खत्रीले ०८१ असोज १४ गतेदेखि मङ्सिर ३ गतेसम्म पटक पटक बलात्कार गरेको भन्दै पीडित परिवारले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा मङ्सिर ५ गते उजुरी दिनुभएको छ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते प्रादेशिक अस्पताल लहानमा भयो ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु प्रसाद सोतीले आरोपितलाई मङ्सिर ९ गते गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताउनु भयो ।