INSEC Online

📅 २०८३ जेष्ठ २१

सङ्क्रमणकालीन न्याय र अबको बाटो अन्तरक्रिया सम्मन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनि प्रदेश कार्यालयको आयोजनामा सङ्क्रमणकालीन न्याय र अबको बाटो विषयका अन्तरक्रिया कार्यक्रम नेपालगञ्जमा ०८१ मङ्सिर २४ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।

Photo10122024Banke

उक्त कार्यक्रममा बोल्दै इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले सङ्क्रमणकालीन न्यायका लागि सबै निकाय मिलेर जान सके यसको दीर्घकालीन समाधान हुन सक्ने बताउनु भयो । उहाँले सरोकारवाला र आयोगका पदाधिकारीहरुले पीडितको न्यायका लागि हिम्मत गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सबै निकायलाई पीडितको विश्वास जितेर काम गर्न सके पीडितले न्याय पाउन सक्ने सुझाव दिनुभयो । उहाँले पदाधिकारी नियुक्तिमा विगतका जस्तो भागवण्डा नगरि, क्षमतावान, यस विषयमा विज्ञ तथा इच्छाशक्ति भएका व्यक्तिलाई पारदर्शि रुपमा छनौट गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेलले सङ्क्रमणकालीन न्यायका लागि गठन गरिएको आयोगमा पीडितले विश्वास गर्ने व्यक्ति छनौट हुनुपर्नेमा जोड दिनुभयो । आयुक्त छनौटमा कानुनको प्रगतिशिल व्याख्या गर्ने, विगतमा सशस्त्र द्वन्द्वमा थलोमा काम गरेका व्यक्तिलाई प्राथमिकता दिनु पर्ने सुझाव दिनुभयो ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा पछिल्लो अवस्था डरलाग्दो भएकाले इन्सेकले यस विषयमा अनुगमन तथा निगरानी गरिरहेको बताउनु भयो । यस प्रकृयामा पीडितको सहभागिता बढाउन, पीडित र सरोकारवालाको संवाद बढाउन र आवश्यक कार्यविधि बनाउनका लागि इन्सेकले नियमित अनुगमन तथा निगरानी गरिरहेको उहाँले बताउनु भयो ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रदेश स्तरीय निगरानी समिति वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठको संयोजकत्वमा बनाइएको थियो ।

Photo10122024Banke1

अन्य

भिडियो