गौरीशंकर गाउँपालिकामा मतदान सकिएको एक दिन बिते पनि मतगणना मङ्सिर १७ गते मध्यान्हबाट हुने भएको छ ।
पालिकाको ९ नं वडाको बेदिङ मतदान केन्द्रबाट मतपेटिका मङ्सिर १७ गते बिहान हेलिकप्टरबाट ल्याईने पछि सर्वदलीय बैठक बसेर मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ।
मङ्सिर १७ गते बिहान मात्रै सर्वदलीय बैठक बसेर मतगणनाको तयारी थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
अन्य वडाको ११ मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थल गाउँपालिकाको कार्यालय सुरी ल्याउने क्रम जारी रहेको छ ।
मध्यरातसम्ममा बेदिङ बाहेकका मतपेटिका सङ्कलन भैसक्ने कार्यालयले जनाएको छ । गौरीशंकरको रिक्त रहेको उपाध्यक्ष पदका लागि मङ्सिर १६ गते भएको उपनिर्वाचनमा ७ हजार ५ सय ८९ अर्थात ४८ दशमलव २८ प्रतिशत मत खसेको छ ।
९ वटा वडार रहेको गौरीशंकरका १२ वटा मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कूल १५ हजार ७ सय १८ मतदाता रहेका थिए ।