
अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा शम्भुनाथ नगरपालिकास्थित श्री राम दयाल माध्यमिक विद्यालयमा हाजरी जवाफ प्रतियोगिता र श्री जनता माध्यमिक विद्यालयमा वृक्षारोपन कार्याक्रम गरीएको छ ।
अनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बालअधिकार सचेतना समूका बालबालिकाहरूले मङ्सिर ५ गते श्री जनता माध्यमिक विद्यालयको प्रारङ्गमा वृक्षारोपन कार्यक्रम र मङ्सिर ६ गते श्री राम दयाल माध्यमिक विद्यालयमा विद्यालय स्तरीय हाजरी जवाफ प्रतियोगिता सम्पन्न गरी अन्तर्राष्ट्रिय बाल दिवस मनाउनु भएको छ ।

हाजरी जवाफ प्रतियोगितामा श्री राम दयाल माध्यमिक विद्यालयका कक्षा ७, ८, ९ र १० का बालबालिकाहरू हाजरी जवाफ प्रतियोगितामा भाग लिनुभएको थियो । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुन सफल समूहका बालबालिकाहरू पुरस्कृत हुनुभयो ।
पुरस्कृत हुनुहुनेमा प्रथम तर्फ सुरेश पाल, पुजा साह, लक्ष्मी मण्डल, र श्रवण खङ रहनु भएको छ भने द्वितीय तर्फ झर्ना चौधरी, दिपिका चौधरी, प्रदिप मण्डल र सुदर्शन साह रहनुभएको छ । त्यसैगरी, तृतीय तर्फ जय प्रकाश दास, सुर्य नारायण पाल, सरस्वती मण्डल, रिया पाल र चौथो तर्फ सपना साह, दिव्या चौधरी, सरस्वती पाल पुरस्कृत हुनुभएको छ ।


श्री राम दयाल माध्यमिक विद्यालयमा भएको उक्त कार्याक्रममा प्राध्यापक कालीप्रसाद चौधरीले कार्याक्रमको अध्यक्षता गर्नु भएको थियोे । कार्याक्रमको प्रमुख अतिथिमा इन्सेकद्वारा गठित प्रदेश स्तरीय मानव अधिकार समूहकी अध्यक्ष देवीमाया भटृराई रहनुभएको थियो ।
कार्यक्रममा प्राध्यापक चौधरीले आजको शिक्षामा सबै बालबालिकाहरूलाई समान अवसर दिएको बताउनुहुँदै “हामी किताबी ज्ञान त दिइरहेका छौ, तर एउटा असल व्यत्तिको निर्माणमा घरपरिवार र समाजको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ” भनि आफ्नो स्वागत मन्व्य राख्नु भयो ।
कार्याक्रमको प्रमुख अतिथि देवीमाया भट्टराईले बालबालिकाहरू हाम्रो समाज र राष्ट्रको धरोहरहरू हुन्, उनिहरूको मानसिक तथा शारीरिक विकासमा मानव अधिकारकर्मी, शिक्षक, शिक्षिका, अभिभावक र समाज सबैको जिमेवारी रहेको बताउनुहुँदै यस्ता प्रतियोगिताले उनिहरूमा बौद्धिक क्षमताको अधिबृद्धि र नेतृत्व विकासमा मद्दत पुर्याउछ बताउनु भयो ।
कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, इन्सेक जिल्ला सहजकर्ता अजय परियारको सहभागिता रहेको थियो ।
