INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

१२ वर्षीया बालिकालाई कानुनी प्रकियामा जानका लागि अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था अत्यान्त्यै न्यून रहेकोले कानुनी प्रकियामा जानका लागि समस्या भएको भन्दै पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको हो ।

पीडित बालिकालाई ०८१ जेठ १४ गतेदेखि असार १३ गतेसम्म यौन दुर्व्यवहार गरेको भन्दै ३४ वर्षीय बुबा विरुद्धमा पीडित पक्षले असार २८ गते जिल्ला प्रहरी कार्यालय, गुलरियामा उजरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण असार २७ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।

अन्य

भिडियो