१६ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ असोज १३ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको हो ।
पीडित बालिकालाई भदौ २४ गते गेरुवा गाउँपालिका-५ का विकास थारुले बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २६ गते जिल्ला प्रहरी कार्यालय, गुलरियामा उजरी दिएको थियो । घटनाका आरोपितलाई भदौ २५ गते गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले इन्सेकलाई जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण भदौ २५ गते बर्दिया अस्पताल, गुलरियामा भयो ।