INSEC Online

📅 २०८३ जेष्ठ २१

संस्थागत क्षमता विकास सम्बन्धी तालिम सम्पन्न

Photo 20240923 Janakpurdham (1)
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा फोरम एशिया नेपालद्वारा संचालित महिला, युवा तथा सीमान्तकृत समुदायहरू सशक्तिकरणका लागि सवल सामुदायिक संस्थाहरु (ग्रो) परियोजना अन्तर्गत विभिन्न आठ ओटा संस्थाका प्रतिनिधिहरु तथा पदाधिकारीहरूका लागि संस्थागत क्षमता विकास सम्बन्धी तालिम ०८१ असोज ६ गते सम्पन्न भएको छ । उक्त तालिम असोज ५ गतेदेखि मिथिला नगरपालिका स्थित ढल्केवरमा सुरु भएको थियो ।

तालिमको समापनमा फोरम एशियाको कार्यक्रम संयोजक विकास कोइरालाले स्थानीय तहमा अति विपन्न तथा सीमान्तकृत समुदायका लागि क्षमता अभिवृद्धि तथा संस्थागत संरचना विकाशका लागि यस तालिमले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

आगामि समयमा यस तालिमबाट प्राप्त ज्ञान सीप र क्षमताको उपयोग स्थानीय तहमा हुने विभिन्न सामाजिक अन्तरक्रिया लगायतका कार्यक्रमहरूमा सहज रुपमा कार्यान्वयन गर्नका लागि संस्थाका पदाधिकारीहरूलाई सहयोग पुग्ने अपेक्षा राखेको उहाँले बताउनु भयो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले मधेस प्रदेशमा अशिक्षा, कुरिती र गरिवीका कारण अझै पनि जातीय विभेद, महिला हिंसा, बालबालिकामाथिका दुव्र्यवहारका घटना बढ्दो क्रममा रहेको हुँदा आगामि समयमा इन्सेकले यस अभियानसँगै आफ्नो साझेदारीतामा यि नेटवर्कहरुलाई थप क्षमता विकास तथा सहभागितामा मद्दत गर्ने र पीडितको न्यायको लागि स्थानीय सरकारका विभिन्न संरचनाहरुमा आवश्यक सहयोग, समन्वय र सहजिकरण गर्दै संस्थागत सुधार तथा मानव अधिकारका विषयहरुमा थप गतिविधिहरुमा मद्दत गर्ने बताउनु भयो ।

Photo 20240923 Janakpurdham (4)

मानव अधिकार शिक्षा कार्यक्रमको फोकल पर्सन कृष्ण प्रसाद नेपालले इन्सेकले विगत तीन दशक भन्दा लामो समय अवधिदेखि सामाजिक न्याय, मानव अधिकारको प्रबद्र्धन तथा अतिसीमान्तकृत र विपन्न दलित समुदायको मानव अधिकारको रक्षा र सचेतनाका लागि पहल गर्दै आएको बताउनु भयो ।

Photo 20240923 Janakpurdham (2)

हाल युएसआइडी नेपाल, फोरम एशिया, द एशिया फाउण्डेशन र यस संस्थाको साझेदारीमा संचालित सामुदायिक सञ्चार परियोजनामा विभिन्न क्षेत्रमा छरिएर रहेका मधेस प्रदेशका आट ओटा सामुदायिक संस्था, स्वयम् सेवक समूह, दलित अधिकारकर्मी, युवा तथा महिलाहरुलाई लक्षित गरी संचालन गरिएको यस तालिमले आगामि समयमा स्थानीय स्तरमा महिला हिंसा, जातीय विभेद, कुरिती तथा परम्परागत रुपमा रहेका हानिकारक सामाजिक अभ्यासहरुलाई अन्त्य गर्दै सवलीकृत नागरिक समाज तयार गर्नका लागि मद्दत मिल्ने वहाँले बताउनु भयो ।

तलिमको अवधिमा प्रशिक्षण गरिएको सुशासन, जनवकालत, ब्राडींग तथा भिजिविलिटीले आगामि दिनमा समुदाय स्तरको संस्थाहरुले आफ्ना गतिविधिहरुलाई सहज रुपले स्थानीय सरकारसँग समन्वय गरी सवालको उठान गर्न तथा सामाजिक विभेदीकरण न्युनिकरणका लागि मद्दत मिल्नेमा वहाँले जोड दिनु भयो ।

तालिममा सप्तरी, धनुषा, सर्लाही र रौतहट जिल्लाका आठ ओटा संस्थाका प्रतिनिधिहरु तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Photo 20240923 Janakpurdham (3)

Photo 20240923 Janakpurdham (6)

Photo 20240923 Janakpurdham (5)

अन्य

भिडियो