
“बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६० औ राष्ट्रिय बाल दिवसको अवसरमा सिरहामा बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी विषयमा वक्तित्वकला प्रतियोगिता कार्यक्रम समपन्न भएको छ ।
सिरहा नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय सिरहा, इन्सेक सिरहा, मुक्ति नेपाल, दलित जनकल्याण यूवा कल्ब, समग्र जन उत्थान केन्द्र, लहान, प्रदेश यूवा सञ्जाल, लाईफ नेपाल, जिल्ला बाल क्लब सञ्जाल लगायत संघ संस्थाको सहकार्यमा कार्यक्रम समपन्न गरीएको हो ।
उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख दिपकराज कलौनीले देशको सम्मुनत विकास गर्न शिक्षामा लगानी गर्नु पर्ने बताउनु हुँदै सरकारले गरेको वास्तविक लगानी बालबालिकामा रहेको बताउनु भयो ।
त्यसैगरी सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम यादवले शिक्षामा सुधारको लागि नगरपालिकाले योजना निर्माण, कार्यक्रम सञ्चालन, बजेट परिचालन र अनुगमन गर्ने गरेको बताउनु भयो । बालदिवसको अवसरमा आयोजित वक्तित्वकला प्रतियोगिता कार्यक्रममा आठ ओटा विद्यालयका १५ जना बालबालिकाहरूले भाग लिनु भएको थियो । जसमध्ये एभरग्रिन एकेडमीका प्रशंसा झा प्रथम, मर्निङ्ग पल विद्यालयकी आरती सिंहा द्धितिय र सिद्धार्थ सिसु निकेतनकी सृष्टीकुमारी यादव तृतय हुनु भयो । सहभागी लगायत विजेताहरूलाई सम्मान पत्र सहित पुरस्कार वितरण गरीएको थियो ।

