INSEC Online

📅 २०८३ जेष्ठ २१

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा र्‍याली तथा अन्तरक्रिया कार्यक्रम

Siraha Ralley 2

“आत्महत्या रोकथामबारे संवाद शुरु गरौ : दृिष्टकोण बदलौ” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सिरहाको सदरमुकाम सिरहामा ०८१ भदौ २५ गते र्‍याली तथा अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।

सिरहा नगरपालिका, जिल्ला प्रहरी कार्यालय सिरहा, इन्सेक सिरहा, मुक्ति नेपाल, दलित जनकल्याण यूवा कल्ब, समग्र जनउत्थान केन्द्र, सहयोगी हातहरू, प्रदेश यूवा संजाल, सामी, सिएमसि, युएनओप्स लगायत संघ संस्थाको आयोजनामा अन्तरकृया कार्यक्रम गरीएको छ ।

र्‍याली पछि आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले आत्महत्या नेपालको मात्र नभएर विश्वको नै समस्या भएको बताउनु भयो । विश्वका सबै देशहरू मिलेर आत्महत्या गर्ने कारण र समाधानको लागि उपाय निकाल्नु पर्ने प्रमुख जिल्ला अधिकारी दाहालले बताउनु भयो । आत्महत्या मानसिक समस्या भएकोले संघ संस्था, सञ्चारकर्मी जनप्रतिनिध, सरोकारवालाहरू मिलेर सचेतना जगाउने र हामी रोकथाम गर्न सक्छौ भनेर आशावादी हुनु पर्ने उहाँले बताउनु भयो ।

Siraha Ralley 4

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पंडितले प्रहरीको अनुसन्धानले सिरहा जिल्लामा आत्महत्या गर्ने कारणहरूमा घरेलु हिंसा, माया प्रेम र अनैतिक सम्बन्धले रहेको बताउनु भयो । विभिन्न संघ संस्था र स्थानीय तहहरूले आत्महत्या रोकथामको लागि काम गरिरहेको भए तापनि प्रहरीलगायत सबै सरोकारवाला निकायहरू सहकार्य गरेर काम गर्नु पर्ने उहाँले बताउनु भयो । एसपी पंडितका अनुसार आ.व ०७८/०७९ मा १ सय ९९ जना, आ.व ०७९/०८० मा १ सय ८६ र आ.व ०८०/०८१ मा १ सय ९७ जनाले आत्महत्या गरेको बताउनु भयो ।

Siraha Ralley

स्वास्थय कार्यालयका प्रेम दासले आतमहत्या गर्ने व्यक्ति डिप्रेशनको रोगी भएकोले समयमा यस सम्बन्धी मनोचिकित्सकसँग परामर्श लिई औषधी सेवन गरे केही हदसम्म आत्महत्या न्यूनिकरण गर्न सकिन्छ बताउनु भयो । तर, नेपालमा मनोचिकित्सक १ सय भन्दा कम भएको र सिरहामा एक जना पनि नरहेको उहाँले बताउनु भयो । स्वास्थ्य कार्यालयले सिरहाको सबै स्थानीय तहका पारामेडिकललाई तालिम दिएको र औषधी पनि दिन निर्देशन दिएको दासले बताउनु भयो ।

कार्यक्रममा अधिकारकर्मी, सञ्चारकर्मीहरूले सबैको सहकार्यमा रोकथाम गर्न सक्ने गरी पालिकाहरूलाई सुझाब दिनु भयो ।
Siraha Ralley 3

Siraha Ralley 5

अन्य

भिडियो