INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना र डिसिएको सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ भदौ ७ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।

इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै पीडितलाई सहयोग गर्न जिल्ला प्रतिनिधि, मानव अधिकार रक्षक, मानव अधिकार समूह, नागरिक समाज, कानुन व्यवसायी लगायत विभिन्न सरोकारवालाहरूको सिफारिसमा घरेलु हिंसा, बलात्कार तथा यौन दुर्व्यवहारबाट पीडित महिला तथा बालबालिकालाई सहयोग गर्दै आएको बताउनु भयो । उहाँले सबै निकायसँग समन्वय गरी मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनालाई न्यूनीकरणका लागि आफूहरू लागि परेको उल्लेख गर्नुभयो ।

इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले घरेलु हिंसा, बलात्कार तथा यौन दुर्व्यवहारबाट पीडित महिला तथा बालबालिकालाई २०२४ जनवरीदेखि हालसम्म इन्सेक लुम्बिनी प्रदेश कार्यालय अन्तर्गतका विभिन्न जिल्लाहरूबाट २४ जना पीडितलाई कानुनी सहायता तथा न्यायमा पहुँच लागि आर्थिक सहयोग गरेको उल्लेख गर्नुभयो ।

एडभोकेसी फोरम लुम्बिनी प्रदेश संयोजक एवम् अधिवक्ता बसन्त गौतमले आगामी दिनमा मानव अधिकार सहायता कक्षको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रतिनिधिलाई पनि उपस्थिति गराउँदा प्रभावकारी हुने बताउनु भयो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठले मानव अधिकार सहायता कक्षबाट निकै राम्रा कामहरू भएको र उपलब्धिहरू समेटिएको सफलताको कथा तयार गर्नुपर्ने कुरामा जोड दिनुभयो । अधिवक्ता विकास आचार्यले प्रहरी कार्यालयहरूमा कार्यान्वयन प्रकृयालाई धेरै सुधार भएको र अझ प्रभावकारी बनाउन छलफल गर्न आवश्यक भएको बताउनु भयो ।

Photo23082024Banke

Photo23082024Banke.

अन्य

भिडियो