अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वागमती प्रदेश कार्यालयको आयोजनामा ०८१ असार ३१ गते मकवानपुरका मनहरी र राक्सिराङ गाँउपवलिका त्यस्तै चितवनका इच्छाकामना गाउपालिका र कालिका नगरपालिकामा गठन भएका मानव अधिकार समूहका सदस्यहरुको प्रतिनिधित्व हुनेगरि गठन भएको बागमती प्रदेश स्तरीय मानव अधिकार समूह बागमती प्रदेशको बैठक सम्पन्न भयो । कार्यक्रममा सभाअध्यक्ष लगाएत प्रमुख अतिथि, र विभिन्न अतिथिहरुले मानव अधिकार समूहले गरेका कामको बारेमा आआफ्नो मन्तव्य राख्नुभएका थियो ।
यस कार्यक्रमको अध्यक्षयता ग्रहण गर्नुभएका इन्सेक बागमती प्रदेश संयोजक गणेश भन्डारीले मानव अधिकार समूहले पालिकास्तरमा कार्य गर्दै आएको र स्थानीय समस्या तथा आवश्यकताहरु पालिकाहरुले पुरा गर्न नसक्ने अवस्थामा स्थानीय जनताको आवाज प्रदेश सरकारसम्म लानको लागि प्रदेश स्तरीय मानव अधिकार समूहको सञ्जाल गठन भएको बताउनु भयो । उहाँले मध्यवर्ति राष्ट्रिय निकुन्जबाट आएका बन्यजन्तुबाट मनहरी गाउँपालिकामा हुने मानवीय तथा भौतिक क्षति कम गर्न पालिकाको ऐन कानुनले सम्भव नहुनेहुँदा प्रदेश सरकारको ध्यानकर्षण गराउनु परेको र यसमा प्रदेश स्तरीय समूहले काम गरेको स्मरण गर्नु भयो ।
उहाँले स्थानीय जनताले स्तानीय सरकारबाट पाउने सुविधा पाएका छन्की छैन्न त्यो हेर्ने र नपाएको भए स्थानीय सरकारलाई खवरदारि गर्नेकाम मानव अधिकार समूहले गर्नेछ र त्यसलाई प्रदेश स्तरमा यस प्रदेश स्तरीय सञ्जालले लाने र जनताको आवास प्रदेश सरकारमा पु¥याउने अर्को सञ्यन्त्रको रुपमा कार्य गर्दै आएको बताउनु भयो । ।
स्थानीय सरकारमा वुझएका ज्ञापनपत्रका मागहरु (जस्तैे शिक्षा स्वस्थय वातावरण संग संवन्धित) पुरा हुन नसकेमा प्रदेश सरकारसम्म पुराउनको लागि दुई वर्ष अघि यो प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको थियो ।
प्रदेश स्तरीय मानव अधिकार समूहले आफ्ना पालिकामा भएका समस्याहरु (जस्तै फोहोर व्यवस्थापन भएको छ कि छेैन, विद्यालयमा पाठ्य सामग्री विकास केन्द्रले निकालेको पुस्तक अनुुसार पढाइ भएको छ कि छैन, वातावरण विनास, महिला हिंसा न्यूनिकरणका कार्यक्रम आदि) समस्या स्थानीय सरकारले सम्वोधन गर्न नसके प्रदेश सरकार समक्ष पु¥यााउन पहल गरिरहेको कुरामा आफू विस्वथ रहेको वताउनृभयो । साथै उहाँले बागमती प्रदेश र गण्डकी प्रदेशका मानव अधिकार समूहको अनुभव आदान प्रदानले मानव अधिकार समूहका सदस्यहरुमा थप उर्जा मिलेको बताउनु भयो ।
तेस्तै मनहरी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष नारायण उप्रेतिले समाजमा आवद्ध भएर जुन समाजमा मानव अधिकारका कुरा गरिन्छ त्यो समाज लोकतन्त्रमा प्रतिवद्ध हुन्छ । हरेक नागरीकलाई सरकार मेरो अभिभावक हो भन्ने महसुस भएमा मात्र हामीहरुले मानव अधिकार मैत्री समाज निर्माण गर्नसक्छौ । सरकारले लागु गरेका कार्यक्रमहरुलाई कसरी कार्यान्वयनमा ल्याउने भन्ने कार्य मानव अधिकार समूहले खबरदारी गरे हामीले गर्न काम जनतामूखि हुने बताउनु भयो । प्रदेश स्तरीय मानव अधिकार समूहका सदस्य तथा राक्सिराङ गाउँपालिका स्तरीय मानव अधिकार समूहका संयोजक चन्द्रमान प्रजाले आफ्नो पालिकाका विद्यालयहरु प्रयोग भएको सेनेटरी प्याडको गुणस्तरमा समस्या देखिएको बताउनु भयो ।
प्रदेश स्तरीय मानव अधिकार समूहकी संयोजक विमला गोपालीले मानव अधिकार समुहका संयोनक चन्द्रमान प्रजाले मानव अधिकार समूह गठन भएपछि वालुवा उत्खलनवाट वातावरणमा पर्ने नकारात्मक प्रभाव कमभएको छ । तर यहाँ बालविवाह र विद्यालयमा गुणस्तर हिन सेनिटरी प्याड वितरणले गर्दा समस्या आइरहेको छ भन्नेकुरा व्यक्त गर्नुभयो । कालिका नगरपालिकाका मानव अधिकार समूहका सदस्य खिल प्रसद शर्मा ले हामीहरुमा पित्री सत्ताले जरा गाडेको हुदा हाम्रो समाजले महिला हरुलाइ सम्मान दिन सकेको छैन । हाम्रो समाजमा भएको प्रतिकुल वातावरणलाइ सुल्झउनेकाम यस मानव अधिकार समूहले गर्ने छ भन्नेकुरा वताउनुभयो ।
प्रदेश स्तरीय मानव अधिकार समूहका उपसंयोजक खिलप्रसाद शर्माले समुहले आफ्ना हकहीतका लागि सम्वन्धित निकायको ढोका घचघचाउन लागि परेको वताउनुभएको थियो । मानव अधिकार समुह प्रदेशकी सदस्य तथा कालिका नगरपालिका स्तरीयम मानव अधिार समूहका संयोजक निर्मला थापाले महिला हिंसा विरुद्धको अभियानमा पालिकाले सहयोग नगरेको गुनासो गर्नु भयो ।