INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समिक्षा

307799fb-b67d-4ccb-868b-d650afbfe69e

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अनाैपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ असार १६ गते राैतहट जिल्लामा अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि इन्सेक राैतहट जिल्ला प्रतिनिधिद्वारा सङ्कलित सन् २०२४ जनवरीदेखि जुनसम्म (६ महिना) मा जिल्लामा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरूकाे प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे ।

प्रस्तुत प्रतिवेदनमा ६ महिनामा २ सय ६ ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरू छन् । ती घटनाहरू मध्ये घरेलु हिंसा १ सय ६७, बलात्कार २४, बलात्कार प्रयास एक, बालयौन दुरूपयाेग एक, परिवारजनबाट हत्या दुई, आत्महत्या दुरुत्साहन एक, अपहरण तथा शरीर बन्धक एक, अपहरण पछि बलात्कार एक, यौन दुर्व्यवहार तीन, बहुविवाह दुई, पत्रकार कुटपिट तथा दुर्व्यवहार दुई, गोलि प्रहार एक ओटा रहेका छन् ।

अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार उल्लङ्घनका घटनाहरूकाे अभिलेखिकरण गर्ने कार्य महत्त्वपूर्ण रहेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर सुरेन्द्र बर्तौलाले बताउनु भयाे । साथै घटनामा सम्लग्न जो कोहीलाई पनि कानुनकाे दायरामा ल्याई कारबाही गर्ने र मानव अधिकर संरक्षन तथा संबर्द्धनको क्षेत्रमा काम गर्नेलाई सक्दाे सहयोग, सहकार्य र सहजिकरण गर्नमा प्रहरीले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँकाे भनाई थियो ।

जिल्ला समन्वय समितिका सदस्य कमला ढकालले हिंसामा परेका पीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूका लागि निशुल्क उपचार, काउन्सिलङ र सुरक्षित आवासको आवश्यक्ता रहेकोले सबै निकायहरूको यस तर्फ ध्यानाकर्षण हुनुपर्नेमा जाेड दिनु भयो।

71e1b945-fd39-44ef-80bf-0a2ce8bf8382

47993f68-9a64-4746-a450-d0948e0ce8b9

अन्य

भिडियो