INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्ध वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व रोल्पामा अर्ध वार्षिक समीक्षा कार्यक्रम ०८१ असार १६ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले सन् २०२४ को जनवरीदेखि जुनसम्म सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका २२ ओटा घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।

जसमा बलात्कारका चार ओटा, हत्याका दुई ओटा र घरेलु हिंसाबाट १६ जना पीडित रहेको इन्सेकले अभिलेख गरेको छ । हरेक वर्ष इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक अन्तर्गत वर्ष पुस्तक २०२५ मा जिल्लाको समग्र मानव अधिकारको अवस्थाको चित्रण झल्किनुपर्नेमा मानव अधिकारकर्मी खेम बुढामगरले जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै इन्केकका साधारण सदस्य घनस्याम आचार्यले वर्ष पुस्तकमा रोल्पाको रिपोर्टलाई उत्कृष्ट बनाउन इन्सेकले गरेका हरेक गतिविधिहरूमा सबै सरोकारवालाहरूले पनि साथ दिनुपर्ने बताउनु भयो । उहाँले केही छुटेका घटनाहरू पुन सङ्कलित गरी वर्ष पुस्तकमा समाबेस गरिने बताउनु भयो ।

हाल जिल्लामा मानव अधिकारका घटनाहरूमा उल्लेखिय वृद्धि नदेखिएको र मानव अधिकारसम्बन्धी घटनामा कमि ल्याउन सबै पक्षले भूमिका खेल्नुपर्ने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोहितकुमार शाहीले बताउनु भयो ।

Photo01072024Rolpa

अन्य

भिडियो