INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहको अनुभव आदान प्रदान भ्रमण सम्पन्न  

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मकवानपुर र चितवन जिल्लाका गाउँपालिका स्तरीय मानव अधिकार समूहका सदस्यहरूबिचको अनुभव आदान प्रदान भ्रमण ०८१ असार १४ गते सम्पन्न भएको छ ।

मकवानपुरको मनहरी र साक्सिराङ गाउँपालिका र चितवनको कालिका नगरपालिका र गाउँपालिकाका मानव अधिकार समूहका सदस्यहरूलाई कास्कीको माछापुछ्रे गाउँपालिकाका मानव अधिकार समूहका सदस्यहरूबिच भेटघाट गरि अनुभव आदान प्रदान गरिएको हो ।

Photoahetauda20810315 (1)

कार्यक्रममा माछापुछ्रे गाँउपालिका उपाध्यक्ष सीता अधिकारीले मानव अधिकार समूहले नागरिकका मौलिक हक प्राप्तिका लागि ज्ञापन पत्रा मार्फत खबरदारी गराउने काम गर्ने गरेको बताउनुभयो । उपाध्यक्ष अधिकारीले जनप्रतिनिधीहरूले नागरिकलाई सर्वसुलभ सेवा प्रवाह गर्नु पर्ने र तल्ला तहका नागरिक अल्पसङ्ख्य महिला बालबालिका र पिछडिएका वर्गको हितमा काम गर्नको लागि खबरदारी गर्दै हामीलाई सचेत पार्दै अएको छ भन्नु भयो ।

उहाँले अन्य प्रदेशमा गठन भएका मानव अधिकार समूहले गरेका सकरात्मक कामहरूकाट यहाँको मानव अधिकार समूहले थप सकरात्मक काम गर्दै समाजमा रहेका घरेलु हिंसा लगायतलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा हामी सबै लाग्नु पर्ने बताउनु भयो ।

Photo4hetauda20810315

इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले गण्डकी प्रदेशमा मानव अधिकार समूहले  लक्षित वर्ग, महिला, बालबालिका, जेष्ठ नागरिक, दलित, विपन्न क्षेत्रमा क्रियाशिल रहेर काम गरिरहेको जानकारी गराउनुभयो । साथै नीति तथा कार्यक्रम र बजेटहरूमा के के कार्यक्रम भइरहेका छन् भनेर स्थानीय सरकारलाई दवाब दिने काम गरिरहेको बताउनुभयो ।

इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले सरकारले दिने सेवा जनताका बीच लाने र जनताका आवश्यकता पहिचान गरी स्थानीय सरकारको ध्यानकर्षण गराउन मानव अधिकार समूह मार्फत मानव अधिकार शिक्षा कार्यक्रम इन्सेकले सञ्चालन गर्दै आएको बताउनु भयो ।

Photo2hetauda20810315

उहाँले मानव अधिकार समूहले स्थानीय सरकारले दिने सेवा सुविधा बारेको जानकारी जनता समक्षा पुर्‍याउने र जनताका आवश्यकताबारे स्थानीय सरकार समक्ष पुर्‍याउने गरी पुलको काम गर्दै आएको उल्लेख गर्नु भयो ।

माछापुछ्रे गाउँपालिकाका कार्यकारी प्रशासकीय अधिकृत गोपिकृष्ण अर्यालले पालिकाले मानव अधिकार संरक्षण र सम्बर्धनका लागि प्रत्यक्ष बजेटको व्यवस्था नगरेको अवस्थामा पनि जनताका अधिकारका काम गर्नलाई बाधा नपुग्ने बताउनु भयो ।

पालिका तथा वडाले खर्च गर्ने बजेट भौतिक निर्माणको लागि मात्र नभएर मानवीय सचेतना वृद्धि र जनताको जीवनस्तर उकास्न विभिन्न सीपमूलक तथा नागरिकको क्षमता अभिवृद्धिका कार्यक्रमको व्यवस्था गरिएको स्मरण गराउनु भयो ।

मनवहरी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष दिपेन्द्र अधिकारीले आफू मानव अधिकार समूहको सचिव भएर कार्य गर्दा नै जनताको पक्षमा काम गर्नु पर्छ भन्ने ज्ञान प्राप्त भएकोले जनप्रतिनिधिको रूपमा निर्वाचित भएपछि स्थानीय जनताको अधिकार र सेवालाई जनताको घरदैलोमा पुरर्‍याउने प्रयासमा हरदम लागि परेको बताउनु भयो ।

वडा अध्यक्ष अधिकारीले सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था घरदैलोमा गएर दिने अभ्यास सफल भएकोले सेवाग्राहीले राहत महसुस गरेकोले यसलाई निरन्तरता दिइएको बताउनु भयो ।

अनुभव आदान प्रदान गर्ने क्रममा कार्यक्रमको अध्यक्षता गर्नु भएका मानव अधिकार समूह गण्डकी प्रदेश स्तरीय कोषाध्यक्ष प्रेमकुमारी अधिकारीले माछापुछ्रे गाउँपालिकामा वडा तहमा समेत वडा स्तरीय मानव अधिकार समूह गठन गरिएको बताउँदै यसले सबै वडाका जनताका समस्या तथा आवश्यकता स्थानीय सरकारबीच पर्‍याउन सहज भएको बताउनु भयो ।

Photo1hetauda20810315

प्रदेश स्तरीय मानव अधिकार समूह तथा मनहरी गाँउपालिकाको स्तरीय मानव अधिकार समूहका संयोजकले आफ्नो गाँउपालिकामा भएका असल अभ्यासहरूको बारेमा जानकारी गराउनुभयो । जसमा मानव १६ दिने महिला हिंसा विरुद्धको अधिकार दिवस पालिकामा मनाउन थालिएको वातावरण तथा सरसफाइ, शिक्षाका अधिकारका बारेममा गाउँपालिकालाई झक्झकाउने गरेको, समूहले नागरिकका अधिकारका लागि मागदावीहरू पेश गर्ने गरेको, मानव अधिकारको लागि गाँउपालिकाबाट बजेट छुट्याउन पहल गरेको, बालविवाह लागु ओषध प्रयोग तथा मानव बेचविखन विरुद्धमा बालबालिकाहरूले सडक नाटक लगायतका सचेतना कार्यक्रमहरू गरेको, सरसफाई कार्यक्रममा गाँउपालिकासँग समन्वय गरेको, स्वास्थ्य चौकी र विद्यालयहरूमा अनुगमन गरेको बारेमा जानकारी गराउनु भयो ।

यसै गरि उहाँले सङ्घ, प्रदेश र स्थानीय तहका सरकार बिचको समन्वयमा मानव अधिकार मैत्री काम गर्ने गरि संयन्त्र बनाउनु पर्ने पनि बताउनु भयो ।

राक्सिराङ गाउँपालिकाका मानव अधिकार समूहका संयोजक चन्द्रमान प्रजाले विद्यालयमा अनुगमन गर्ने गरेको, लागु ‌औषध विरुद्धको अभियान सञ्चालन गर्न मार्ने धम्की खेप्नु परेको  बताउनु भयो । र पनि अनुगमन तथा अभियान पश्चात भएको सकारात्मक पक्षको बारेमा जानकारी गराउनु भयो ।

कतिपय विद्यालयहरुमा बालबालिकाको खाजा खर्च बापतका रकम कटाएर शिक्षकहरू राहत कोटामा राखेको पाइएको उहाँले बताउनुभयो ।

कालिका नगरपालिकाका मानव अधिकार समूहका संयोजक निर्मला थापाले पालिमा फोहर व्यवस्थापन लगायतमा विभिन्न मागदावीहरू पेश गरेको बारेमा जानकारी गराउनु भयो ।

इच्छाकामना गाँउपालिकाका मानव अधिकार समूहका पार्वती गिरीले विद्यालय सरसफाइका लागि मानव अधिकार समूहको संयोजनमा बाल अधिकार चेतना समूहले विद्यालयमा डस्बिन तथा प्राथमिक उपचारका सामाग्रीहरू वितरण गरेको र विभिन्न समयमा मागदावीहरू गर्ने गरेको जानकारी गराउनु भयो ।

Photo3hetauda20810315

अन्य

भिडियो