नेपाल मानव अधिकर वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरेका मानव अधिकार सम्बन्धिका घटनाहरुको अर्धवार्षिक समीक्षा असार १३ गते सम्पन्न गरिएको हो ।
जिल्लामा मानव अधिकार उलंङ्घनका घटनाका बारेमा सरोकारवाला निकाय समक्ष प्रस्तुत गरिएको थियो । इन्सेका जिल्ला प्रतिनिधि बासुदेव शर्माले सन् २०२४ जानवरी देखि जुन सम्म ६ महिना भित्र सङ्कलन गरिएका २८ ओटा मानव अधिकारसँग सम्बन्धित घटनाका बारेमा जानकारी गरएको थियो । अभद्ध व्यवहारसग सम्बन्धित दुई ओटा, कुटपिट तथा अभद्ध्र व्यवहारका चार ओटा, बाल अधिकार सम्बन्धि एक ओटा, बलात्कार तीन ओटा, घरेलु हिसा सम्बन्धी १७ ओटा, आत्महत्या दुुरुत्साहन सम्बन्धी एक ओटा घटना प्रस्तुत गरिएको थियो ।
इन्सेकले सङ्कलन गरि अभिलेखिकरण गरेका घटनाका बारेमा सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले मानव अधिकारका विषयमा ठुलो भूमिका निर्वाह गरेको बताउनु भयो । मानव अधिकारका सवालमा आवाज बुलन्द गरि नागरिकलाई सुसूचित गराउदै आएका इन्सेकले वर्ष पुस्तकका लागि तथ्यमा आधारित घटना सङ्कलनका बारेमा सल्लाह सुझाव दिनु भयो । मानव अधिकार संरक्षणका विषमा गम्भीर भएको बताउदै इन्सेकले गरेका कार्यलाई साथ दिने बताउनु भयो । गत वर्ष भन्दा मानव अधिकारका घटनामा कमी आएको छ । अझै मानव अधिकार उल्लङ्घनका घटनाहरु न्युनीकरणका लागी मानव अधिकारकर्मी तथा सरोकारवाला निकायको महत्वपूर्ण भुमिका रहेको छ ।
नागरिक समाजका संयोजन राजेन्द्र विक्रम शाहले अहिले पनि सरकार मानव अधिकारका सवालमा गम्भीर नभएको बताउनु भयो । सरकारबाट पाउने बस्नु तथा सेवा एकै प्रकारबाट पाउन नसकेकाले राज्यलाई ध्यानाकर्षण गर्नु मानव अधिकारकर्मीको कर्तव्य भएको बताउनु भयो । सरकारले नागरिकले अनिवार्य रुपमा पाउने स्वास्थ्य शिक्षा, खाद्यान्न, स्वतन्त्र रुपले बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्नु पर्ने धारण राख्नु भएको थियो ।
जिल्ला अदालतका नासु रामसिह ठकुरीले मानव अधिकारसँग सम्बन्धित न्यायिक निरुपणका विषय प्रशंसा गर्दै जिल्ला अदालतबाट पाउने बस्तुलाई फराकिलो बनाएको बताउनु भयो । सरोकारवाला निकायको समन्वय गरि तथ्यका आधारमा प्रतिवेदन तयार गरे प्रभावकारी हुने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दामु पुनले इन्सेकाले मानव अधिकार उल्लङ्घनका घटना न्युनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय मानव अधिकारका पक्षमा गम्भीरताका साथ काम गरेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष बालकुमार शर्माले नागरिकको अधिकारलाई स्थापित गर्न नागरिक समाज एक भएर लाग्नु पर्ने बेला आएको बताउदै मानव अधिकारका पक्षमा लाग्न सवैलाई आग्रह गर्नु भयो । गाँउबस्तीमा विकृति विसंङ्गती बढदै जानु राज्य पक्षको कमजोरी भएकाले नागरिक समाज बालियो हुनु पर्ने बेला आएको बताउनु भयो ।
एम्नेष्टी ईन्टरनेशनलका संयोजक खम्वजंग शाहले बालश्रम, महिला हिंसा, घरेलु हिसा, स्वास्थ्यसँग सम्बन्धित घटनालाई प्राथमिकता दिनु पर्ने धारण राख्नु भयो । राज्यलाई बालियो बनाउने जिम्मेवारी नागरिकको काँधमा आएको बताउदै महिला,बालबालिका, ज्येष्ठ नागरिकले अधिकार पाउन नसकेको प्रति चिन्ता व्यक्त गर्नु भयो । सबैलाई अधिकारले सु सम्पन्न गर्न सरकार गम्भीर भएर लाग्न आग्रह गर्नु भयो ।

