INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि दाङमा अभिलेख गरिएका घटनाहरुको प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा ०८१ असार १२ गते घोराहीमा सम्पन्न भएको छ ।

समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले सन् २०२४ को जनवरीदेखि जुनसम्म दाङमा १ सय ३७ ओटा मानव अधिकारसम्बन्धी घटना अभिलेख गरिएको जानकारी दिनुभयो । जसमा बलात्कारका ४७ ओटा, बलात्कार प्रयासका दुई ओटा र यौन दुर्व्यवहारका पाँच ओटा, घरेलु हिंसाका ५० ओटा, हत्याका नौ ओटा, कुटपिटका तीन ओटा, धरपकडका एक ओटा, जातीय विभेदका एक ओटा, बालविवाहका तीन ओटा, बहुविवाहका चार ओटा, हत्या प्रयासका एक ओटा, बन्द हडतालका पाँच ओटा, सम्पत्ति आगजनीका एक ओटा गरी १ सय ३७ घटना अभिलेख भएका छन् ।

इन्सेकले यी बाहेक दाङमा मोही किसानको आन्दोलन, सहकारी र वैदेशिक रोजगारीका समस्या, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति तथा माहिला र बालबालिकामाथि उचित व्यवहार नभएको जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले अदालत न्याय दिन अन्तिम ठाउँ भएकाले न्याय र मानव अधिकारप्रति गम्भीर रहेको बताउनु भयो । उहाँले पछिल्ला दिनहरूमा विभिन्न घटनाहरू भइरहेको उल्लेख गर्दै मानव अधिकारको विषयमा सचेतना आवस्यक रहेको बताउनु भयो ।

Photo26062024Dang

Photo26062024Dang1

अन्य

भिडियो