INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि अर्ध वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गदै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि अर्ध वार्षिक समीक्षा कार्याक्रम ०८१ असार ११ गते प्यूठानमा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले सन् २०२४ को जनवरी देखि जुनसम्म सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू बाल अधिकार तर्फ बलात्कार एक ओटा, महिला अधिकार तर्फ बलात्कार एक ओटा, हत्या दुई ओटा र घरेलु हिंसाका २१ ओटा गरी २५ ओटा घटनाहरू अभिलेख गरिएको प्रस्तुत गर्नु भएको थियो ।

कर्याक्रमा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद अयार्लले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक राज्यलाई जवाफदेही बनाउने एउटा महत्त्वपूर्ण दस्तावेजका रूपमा रहँदै आएको र संस्थाले काम गर्ने क्षेत्रलाई अझ फराकिलो बनाउँदै लैजान सल्लाह दिनुभयो ।

इन्सेकले सङ्कलन गर्ने घटनाहरूको गोपनियता लगाएतका विषयमा संस्था संवेदनशिल रहँदै आएको र लामो समयदेखि सहकार्य समन्वय गर्दै आएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशव केसीले बताउनु भयो । इन्सेकले समग्र मानव अधिकारको क्षेत्रमा काम गर्ने भएकाले राज्यलाई मानव अधिकारका विषयमा उत्तरदायी बनाउन मान अधिकार हननका विषयहरूलाई उठान गरी सरकारलाई सचेत गराउन स्थानीय तहरूमा पनि कार्यक्रम सञ्चालन गर्नुपर्ने कार्यक्रममा उपस्थित अधिकारकर्मी, पत्रकारहरूले धारणा राख्नुभएको थियो ।

Photo26062024Pyuthan2

Photo26062024Pyuthan1

Photo26062024Pyuthan

अन्य

भिडियो