INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामाथि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार १० गते सम्पन्न गरिएको छ ।

इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा सन् २०२४ को जनवरीदेखि जुन १५ सम्म अभिलेखीकरण गरिएका घटनामाथि सरोकारवालाबिच समीक्षा कार्यक्रम ०८१ असार १० गते सम्पन्न गरिएको हो ।

समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले जिल्लामा ०८१ पुस १६ गतेदेखि असारको पहिलो सातासम्म २९ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना अभिलेखीकरण गरिएको बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लामा इन्सेकले अभिलेखकरण गरेको तथ्याङ्क अनुसार दुई जना हत्याको, बालिका बलात्कारका तीन, यौन दुर्व्यवहारका दुई र घरेलु हिंसाका २१ ओटा गरी २९ ओटा घटना सार्वजनिक गरिएको छ ।

समीक्षा कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर भण्डारीले इन्सेकले जिल्लामा मानव अधिकार अवस्थाको छायाचित्र पारेकाले अझै घरेलु हिंसा भएकाले त्यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले द्धन्द्धका समयमा बालबालिकाको अवस्था गम्भीर भएको र कतिपय बालबालिका अझै न्यायबाट वञ्चित भएकाले इन्सेक न्यायका लागि पहल गरीदिन आवश्यक भएको बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोशन कामती, इन्सेकका पूर्व जिल्ला प्रतिनिधि, भगिश्वर लिम्बू , नरबहार आङबुङ, ललित श्रेष्ठ, मानव अधिकार तथा शान्ती समाजका जिल्ला अध्यक्ष टिक राम खुलाल,पत्रकारलगायतको सहभागिता रहेको थियो ।

photo 20240624 terthum (2)

अन्य

भिडियो