विभिन्न प्रलोभनमा पारी भारततर्फलैजाँदै गरिएकी १० वर्षीया बालिकालाई शान्ति पुनर्स्थापना गृह कपिलवस्तुको पहल र इलाका प्रहरी कर्यालय कृष्णनगरको सहयोगमा माघ १४ गते साँझ कृष्णनगर सीमा नाकाबाट उद्धार गरेको छ ।
प्यूठानको सरूमारानी गाउँपालिका घर भएकी ३४ वर्षीया दिपा रावत र २० वर्षीय धनबहादुर राउतले बालिकालाई विवाह गरी उपचारको बहानामा ललाइफकाई भारतको पञ्जावमा लैजान लागेको आरोपमा आरोपितद्वयलाई गिरफ्तार गरिएको शान्ति पुनर्स्थापना गृह कृष्णनगरका संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।
उद्धार गरिएकी बालिकालाई माघ १५ गते परिवारको जिम्मा लगाउइएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।