अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ असार ६ गते धनगढीमा सम्पन्न भएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मनव अधिकार सहायता कक्षमार्फत विभिन्न हिंसामा परेका पीडितहलाई न्यायमा पहुँच पु¥याउन सहजताका लागि मानव अधिकार सहायता कक्षमार्फत सहयोग गर्र्दै आइरहेको बताउनु भयो ।

उहाँले भन्नु भयो— ‘पीडितलाई सहयोग गर्ने क्रममा विभिन्न समस्या आइपर्ने हुनाले मानव अधिकारको क्षेत्रमा काम गर्ने सबै संघसंस्थाहरुको सिफारिसमा पीडितलाई सहयोग गर्ने भएकाले एक आपसमा अनुभव आदान प्रदान गर्न आवशयक छ ।’
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले मानव अधिकार सहायता कक्षलाई सकृय बनाउन, मानव अधिकार सहायता कक्षमार्फत सहयोग गरिएका पीडितहरुको रकम अनुमोदन गर्न र पीडितहरुको न्यायमा पहुँच कसरी अभिबृद्ध गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्न बैठकको आयोजना गरिएको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख हरी ज्ञवालीले कुनै पनि पीडितलाई न्यायिक निकायमा जान सहच पहुँचको वातावरण सृजना गर्न जिल्ला प्रशासन, प्रहरी, जिल्ला बार र जिल्ला अदालतसँग समन्वय बैठक राख्नु पर्ने बताउनु भयो ।
मानव अधिकारका लागि महिला एकल महिला समुहकी सयोजक वेद अवस्थीले पीडितलाई न्यायिक प्रकृयामा सहयोग गर्न आवश्यक प्रमाण नभएकाले सहयोग गर्न चुनौती रहेको बताउनु भयो ।
फेडो कैलालीकी प्रतिनिधि अम्बिका ताम्राकारले कैद सजाय भुक्तान गरिरेका कसुरदारले जेल भित्रबाट पीडितलाई धम्की दिइरहेकाले यस्तो घटनाको समाधानका लागि पहल गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।
