INSEC Online

📅 २०८३ जेष्ठ २१

जङ्फूडले स्वास्थ्यमा पार्ने असरबारे सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयद्वारा संचालित मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत २०८१ असार ४ गते मकवानपुरको मनहरी गाउँपालिका स्थित  पशुपतिनाथ माविमा  खानाले स्वास्थ्यमा पार्ने असरबारे जङ् फूडले स्वास्थ्यमा पार्ने असरबारे सडक नाटक प्रदर्शन प्रर्दशन गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष माधव गौतमले विद्यालयमा अहिलेको समयमा बालबालिकाले अत्याधिक मात्रामा जङ्फूड खाने क्रम बढेको अवस्थामा कलिलो उमेरमा स्वास्थ्यमा समस्या आउनेक्रम बढदो रहेकोले बालबालिकाले नै अभिनय गरेको सडक नाटकले समाजमा सचेतना फैलाउने र आगामी दिनमा उपभोगमा कमि आई स्वास्थ्यमा समस्या नहुने र सुधार आउने अपेक्षा व्यक्त गर्नु भयो ।

सडक नाटक बेला बेलामा विभिन्न बिषय बस्तुमा केन्द्रित रहि बालबालिकाद्वारा नै प्रस्तुत गराउदा पढाइमा सुधार हुनुको साथै बानी व्यवहारमा परिवर्तन आउने र सक्षम र असल मान्छे बन्ने प्रेरणा मिल्ने  जानकारी गराउनु भयो ।

विद्यार्थीहरूलाई पठनपाठन सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन विद्यालय शिक्षक , विद्याथी र अभिभावक बिच सहकार्य आवश्यक रहेको विद्यालयक सहायक प्रधानाध्यापक शुसिल गौतमले बताउनु भयो ।

प्रधानाध्यापक भानुभतक्त आर्चायले सडक नाटक मार्फत विद्यार्थीहरूले जनचेतना जगाउने र समुदायमा राम्रो हुने कुरा जानकारी दिएको बताउनु भयो ।

photo2024062101makwanpur

photo2024062102makwanpur

अन्य

भिडियो