INSEC Online

📅 २०८३ जेष्ठ २१

माछापुच्छ्रे गाउँपालिकामा सचेतनामूलक सडक नाटक सम्पन्न

माछापुच्छ्रे गाउँपालिकाको शुक्लागण्डकी माध्यामीक विद्यालयमा इन्सेकद्वारा गठित बाल अधिकार समूहले २०८१ वैशाख २१ गते सडक नाटक प्रदर्शन गरेको छ ।

कास्कीकाे माछापुच्छ्रे गाउँपालिका– ३ घाचोकको भलाबोटमा उक्त समूहले नागरिकको स्वास्थ्यको अधिकार प्रति स्थानीय तहलाई जिम्मेवार बनाउने उद्देश्यले सचेतनामूलक सडक नाटक प्रदर्शन गरेका थिए ।

नाटक प्रदर्शनका विषयमा विद्यालयका प्रधानाध्यापक शान्तिरमण पोखरेलले बालबालिकाहरुलाई समूहवद्द गरेर बाल अधिकार तथा अन्य  अतिरिक्त क्षेत्रमा सक्रिय हुन सहयोग गर्ने संस्था इन्सेकलाई धन्यवाद दिँदै बालबालिकालाई विद्यालयले गर्न सक्ने सहयोग गर्न सधै तयार रहेको बताउनुभयो ।

नाटक पछि सहायक प्रधानाध्यापक नारायण कुवँरले विद्यार्थीहरु बाल अधिकार समूहमा बसेर गाउँसमाजमा अहिलेको समयमा बजारमा बनेका गुणस्तरहीन खाद्य सामाग्रिको प्रयोग र यसबाट उत्पन्न भइरहेका स्वास्थ्य समस्यालाई यसरी नाटक मार्फत प्रस्तुत गर्न सकेकोमा बाल अधिकार समूहलाई धन्यवाद दिनुभयाे ।

संरक्षक शिक्षक प्रतिमा पौडेलले समाजमा बढिरहेका समस्यालाई नाटकीय रुपमा प्रस्तुत गर्न सक्षम बनेकोमा बालबालिकाहरुलाई धन्यवाद दिँदै उनीहरुलाई आफ्नो सहयोग सधै रहने बताउनुभयो ।

नाटकमा ठाकुर रानामगर, प्रतीक्षा पोखरेल, रक्षा दाहाल, प्रितम परियार, गुराँस नेपाली, रुपक मगर, सशक्ति लम्साल, बर्षा के.सी, बन्दना पोखरेल र रुपेश मगर लगायतका विधार्थीहरुले आफ्नो प्रस्तुति देखाउनुभएको थियो ।

उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक र नाटक प्रदर्शन स्थान वरपरका स्थानीय व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

photo1 081-1-24 kaski

photo2 081-1-24 kaski

photo3 081-1-24 kaski

अन्य

भिडियो