INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह को अवसरमा अधिकारकर्मीद्वारा प्रदर्शन

शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०२४ को अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई), इन्सेक, गोनेसा, चिल्ड्रेन नेपाल, डिडा नेपाल लगायतका संस्थाको आयोजनामा अधिकारकर्मीद्वारा  वैशाख १० गते प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

भेलाले सार्वजनिक शिक्षामा कुल राष्ट्रिय बजेटको २० प्रतिशत लगानी गर्न तीन तहकै सरकार समक्ष माग समेत गरेको छ ।

सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेको प्रतिवद्धता अनुसार तीनै तहका सरकारले कुल राष्ट्रिय बजेटको २० प्रतिशत लगानी गर्न माग गरेको एनसिई कास्की संयोजक शिवराज शर्मा सुवेदीले बताउनुभयो । सार्वजनिक शिक्षामा कुल ग्राहस्थ उत्पादनको चार देखि ६ प्रतिशत लगानी गर्ने प्रतिवद्धता सरकारले पूरा नगरेको नागरिक समाजको भेलाले जनाएको हो ।

‘नेपालको संविधानले निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी मौलिक हकको व्यवस्था गरेको छ,’ संयोजक सुवेदीले भन्नुभयो, ‘संविधानको मर्म र यसको कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्ने गरी विद्यालय शिक्षा ऐन तत्काल जारी गरियोस् ।’

शिक्षामा लगानी, प्रविधिमैत्री शिक्षा र रूपान्तरण, समावेशी, समतामूलक, सुरक्षित सिकाइ वातावरण बनाउन माग गर्दै नागरिकको सार्वजनिक शिक्षा प्रतिको आकर्षण बढाउन सार्वजनिक शिक्षा र शिक्षा प्रणालीको रूपान्तरण गर्न तत्काल कदम चाल्न नागरिक समाजले सरकार समक्ष आग्रह गरेको छ ।

pradarsan1 081-1-13 kaski

अन्य

भिडियो