INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहसँग छलफल बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत जानकी गाउँपालिका स्तरीय मानव अधिकार समूहसँग छलफल बैठक ०८० चैत २० गते सम्पन्न भएको छ ।

मानव अधिकार समूह, जानकी गाउँपालिका स्तरीय संस्थाले आफ्नो क्षेत्रमा भएका मानव अधिकारको विषयमा समीक्षा गर्दै मानव अधिकार समूहको विनियोजित बजेटलाई कार्यान्वयन गर्नका लागि प्रत्येक वडामा वातावरणीय समूह निर्माण गर्न सक्रिय सहभागिता रहेको मानव अधिकार समूह संस्थाका अध्यक्ष मोहमद जाहिर शेषले बताउनु भयो ।

सबैले सक्रिय सहभागिता तथा जिम्मेवारी पूर्वक कार्य गर्न सके हाम्रो पहिचान र कार्यको मूल्याङ्कन फरक हुने मानव अधिकार समूह संस्थाका अध्यक्ष शेषले बैठकमा बताउनुभएको थियो ।

थोपा थोपा बुँदाले सागर बन्छ भने जस्तै स्थानीय तहले विानियोजित गरेको रकम खर्च पारदर्शिता तथा जवाफदेहिताको गरौँ र गराऔँ भन्ने कुरालाई यथार्थ गरेर देखाउनु पर्ने बेला आएको संस्थाका सचिव जागेश्वर अहिरले बताउनु भयो ।

जानकी गाउँपालिकाको विनियोजित रकमलाई प्रभावकारी प्ररिचालन तथा व्यवस्थापन गर्न र दिगोपनाका लागि इन्सेक कार्यक्रम अधिकृत सरस्वती मल्लाले जोडदिनु भएको बाँके कार्यक्रम सहजकर्ता लक्ष्मी थारुले बताउनु भयो ।

Photo05042024Banke

अन्य

भिडियो