INSEC Online

📅 २०८३ जेष्ठ २१

हेल्प डेस्क पुर्नतार्जगी तथा छलफल कार्यक्रम सम्पन्न

कोशी प्रदेश कार्यालयले ०७८ साउन १ गते गठन गरेको मानव अधिकार सहायता कक्षको चैत २ गते पुर्नतार्जगी तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।

Photo 20240315 Morang (2)

मानव अधिकार घटनामा पीडित मानव अधिकार रक्षकहरूलाई आर्थिक सहायता तथा कानुनी उपचारका लागि सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हेल्प डेस्कको ०८० चैत २ गते पुर्नतार्जगी तथा छलफल कार्यक्रम सम्पन्न गरिएको हो ।

छलफल कार्यक्रममा मानव अधिकार घटनाका कस्ता पीडितहरूलाई कसरी र कति सहयोग गर्ने विषयमा सहभागीहरूबिच छलफल गरिएको छ ।

कोशी प्रदेशका मानव अधिकार रक्षकहरूलाई आकस्मिक सहयोग गर्नुपर्ने उद्देश्यले गठन गरिएको मानव अधिकार सहायता कक्षमा आवद्ध भएका उच्च वार एशोसिएशन, पत्रकार महासङ्घ, मानव अधिकार तथा महिला अधिकार सञ्जाल, अपाङ्ग महासङ्घ र गैर सरकारी संस्था महासङ्घसहित राष्ट्रिय मानव अधिकार आयोग आमन्त्रित सदस्य रहेको ११ सदस्यीय संरचनाको हेल्प डेस्कमा छलफल गरिएको छ ।

छलफलमा राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश कार्यालय विराटनगरका मानव अधिकार अधिकृत चीरञ्जीवी कोइरालाले इन्सेकले स्थापना गरेको मानव अधिकार सहायता कक्षले मानव अधिकार रक्षकलाई विभिन्न सहयोग गर्ने भएकाले यसको प्रभावकारीता रहेको बताउनु भयो ।

गैर सरकारी संस्था महासङ्घ, कोशी प्रदेश सचिव सरीता खनालले गैससमा अन्य नागरिकका सवालहरूमा छलफल भएपनि मानव अधिकार रक्षकको विषयमा मानव अधिकार सहायता कक्षमा मात्र छलफल हुने बताउनु भयो । उहाँले इन्सेक सचिवालय रहेको हेल्प डेस्कका कारण सबै अधिकारकर्मीलाई सहज भएको बताउनु भयो ।

सिविन नेपाल मोरङ, संयोजक वासुदेव अधिकारीले मानव अधिकार हेल्प डेस्कले घरेलु हिंसा तथा यौनजन्य घटनाका पीडित महिला र बालबालिकालाई आकस्मिक उपचार तथा कानुनी सहायताका लागि सहयोग गर्ने भएकाले हेल्प डेस्क निरन्तर रहन आवश्यक रहेको बताउनु भयो ।

छलफल कार्यक्रममा माइती नेपाल, मोरङ संयोजक विनोद नेपालले मानव अधिकार सहायता कक्षले समयसमयमा मानव अधिकारका विषयमा समसामयिक छलफल गर्ने भएकाले यसले मानव अधिकारकर्मीबिच एकतामा सूत्रवद्ध गर्न सहयोग गरेको बताउनु भयो ।

छलफल कार्यक्रममा इन्सेक कोशी प्रदेश संयोजक सोमराज थापाले मानव अधिकार सहायता कक्षले बितेको एक वर्षमा झापा, खोटाङ, ओखलढुङ्गा र पाँचथरमा घरेलु हिंसा पीडित महिला र पत्रकारलाई सहयोेग गरेको बताउनु भयो । उहाँले इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण मात्र नगरी अफ्ठ्यारोमा परेका पीडितहरूलाई न्यायमा पहुँच र उपचारका लागि सहयोग गरिँदै आएको बताउनु भएको छ ।

Photo 20240315 Morang (1)

अन्य

भिडियो