INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहद्वारा ध्यानाकर्षण–पत्र

Photo 20240309 Saptariअनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहले ०८० फागुन २४ गते डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मलाहालाई ध्यानाकर्षण–पत्र बुझाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरूप जनताका आधारभूत आवश्यक्ता परिपुर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गराउने उद्देश्यले नगरप्रमुखलाई ध्यानाकर्षण–पत्र बुझाइएको हो ।

ध्यानाकर्षण–पत्रमा महिला अधिकारतर्फ फागुन २५ गते ११४औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा लैङ्गिक समानता सम्बन्धी अभियान कार्यक्रम सञ्चालन गरी दिनु हुन माँग गरिएको छ ।

यसैगरी शिक्षातर्फ सम्पूर्ण सामुदायिक विद्यालयहरूको समस्या पहिचान गरी प्रतिवेदन पेस गर्न मानव अधिकार समूहलाई अनुगमनका लागि र मानव अधिकारतर्फ सम्पूर्ण ब्यक्तिहरूको पहुँचसम्म अधिकार पुर्‍याउने सबै वडामा वडा स्तरीय मानव अधिकार समुह गठनका लागि सहज वातावरणसहित पहल गर्न ध्यानाकर्षण–पत्रमा माँग गरिएको छ । नगर प्रमुख मलाहाले माँगहरूप्रति सहयोग र पहल रहने प्रतिबद्धता जनाउनु भयो ।

मानव अधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डलको नेतृत्वमा सदस्यहरू तथा इन्सेक जिल्ला सहजकर्ता अजय परियारको टोलीले नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

अन्य

भिडियो