INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह न्यूनिकरण तथा लैगिंक हिंसाविरूद्ध सचेतना कार्यक्रम

इन्सेकद्धारा जनकल्याण मावि, खजुरामा गठित मिरमिरे बाल अधिकार समूह तथा इन्सेकको आयोजनामा बालविवाह न्यूनिकरण तथा लैगिंक हिंसाविरूद्ध सचेतना कार्यक्रम फागुन ११ गते सम्पन्न भएको छ ।

कार्यक्रमका खजुरा गाउँपालिका–४ का वडासदस्य बलबहादुर कठायतले बालबालिकाहरूले  नाटक मार्फत समुदायमा भएका नकरात्मक प्रभावबारे सचेतना दिएको भन्दै बालबलिकाहरूको चौतर्फी विकासका लागि वडा कार्यालयले लगानी गर्ने प्रतिबद्धता गर्नुभयो ।

प्रधानाध्यापक भीमबहादुर थापाले इन्सेकले विभिन्न कार्यक्रमकालागि सहयोग र सहजीकरण गरेकोमा इन्सेकलाई धन्यवाद दिनुभयो ।

मिरमिरे बाल अधिकार समूहका अध्यक्ष ऐश्वर्या विकले विद्यालयमा हुने अतिरिक्त कृयाकलाप तथा इन्सेकको आयोजनामा हुने सचेतना मूलक कार्यक्रमले क्षमता अभिवृद्धि भएको बताउनु भयो ।

photo2024022601banke

अन्य

भिडियो